no comments

युनाईटेड क्लबद्धारा वैदाममा पर्यटकीय क्षेत्रको पहिचान गराउने होडिङ वोर्ड स्थापना

पोखरा ५ वैशाख/ युनाईटेड क्लवको साताब्यापी कार्यक्रम अन्तर्गत पांचौ दिन पर्यटकीय क्षेत्र लेकसाइडको वैदाममा पोखराको पर्यटन क्षेत्रको पहिचान झल्किने होडिङ वोर्ड राखिएको छ ।

पोखराको पर्यटकीय क्षेत्रहरुलाई समावेश गरेर तयार गरिएको उक्त वोर्डको क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले उद्घाटन गरे ।

होडिङ वोर्डको उद्घाटन गर्दै संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखराको पोखरा आफैमा पर्यटकीय क्षेत्र भएतापनि पोखरा भित्र गुमनाम रहेका पर्यटकीय क्षेत्रहरुलाई समेत होडिङ वोर्ड मार्फत प्रचार प्रसार गर्नुपर्ने वताए ।

पोखरा महानगर भित्रका हरेक वडाहरुमा अझैपनि प्रचार प्रसार हुन बांकी रहेको पर्यटकीय क्षेत्रहरु रहेको वताउदै बख्रेलले आगामी दिनमा त्यस प्रति महानगरले पयर्उटकीय क्षेत्रको पहिचान गरी हरेक वडा कार्यालय वा सम्बन्धित ठाउमा पर्यटकीय गन्तब्य झल्किने वोर्डहरु राख्नका लागी पहल गर्नुपर्नेमा जोड दिए ।

युनाईटेड क्लवका पर्यटन उपसमितिको सल्लाहकार अनिल थापाले पोखरा आफैमा पर्यटकीय शहर भएतापनि अझैपनि यहांका विभिन्न पर्यटकीय गन्तब्यहरु गुमनाम अवस्थामा रहदा यहांको पर्यटकीय क्षेत्रको पहिचान उजागर हुन नसकेको वताए । यसका लागी पर्यटन सम्बन्धि काम गर्ने संघ संस्थाहरुले समेत ध्यान दिन जरुरी रहेको वताए ।

युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युनाईटेड क्लवका निवर्तमान अध्यक्ष सुक बहादुर गुरुङ, क्लवका कोषाध्यक्ष सूर्य वहादुर वानिया, सचिव दिनेश सुनार, सदस्यहरु जयराम आचार्य, विष्णु गुरुङ, सन्तोष कार्की, सीमा गुरुङ, कार्यालय सचिव रेजिना क्षेत्री लगायतको सहाभागीता रहेको थियोभने कार्यक्रमको सञ्चालन महासचिव शान्त बहादुर थापाले गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese