no comments

पोखरामा कोरोनाले थप एक जनाको मृत्यु

पोखरा, ६ बैशाख/ पोखरा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । आइतबार पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

चैत ३१ कोरोना संक्रमण उपचाररत पोखरा महानगरपालिका वडा १६ का ६५ बर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको शर्माले जानकारी दिए । यो सगँ कोरोना संक्रमणकाबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको सख्या २ सय ८ पुगेको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १७ हजार १ सय ६५ जना संक्रमित छन् भने १६ हजार ४ सय ४४ जना निको भएका छन् । अहिले ५ सय १४ जना संक्रिय संक्रमित रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese