no comments

पोखराका पर्यटन गणेशबहादुर भट्टराई सहित कांग्रेसमा प्रवेश

पोखरा, ११ भदौ/ पोखरामा चर्चित पर्यटन व्यवसायी तथा पोखराका पूर्व उपमेयर गणेशबहादुर भट्टराई नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । भट्टराईलाई पोखरा महानगरपालिकाको भावी मेयरको रुपमा हेरिएको छ ।

त्यसै गरी गोपीबहादुर भट्टराई, धर्मेन्द्र कुमार वाटाजु, अशोक कुमार भण्डारी, जीवन भट्टराई, ई. विकाश भट्टराई, ई. विशेष भट्टराई, जयराम तिमिल्सिना, सुनिल बहादुर भट्टराई, अमित थापा, सरोज भट्टराई र अमृत ढकाल कांग्रेसमा प्रवेश गरेका छन् ।

उनीहरु सबैलाई प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक कार्यक्रमका बीच नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese