no comments

नबिल बैंकका सुरक्षा गार्डको पोखरामा कोरोनाबाट मृत्यु

पोखरा, १३ भदौ / नबिल बैंक पोखरामा कार्यरत सुरक्षा गार्डको पोखरामा शनिबार कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

शनिबार बिहान ११ बजे पोखरा स्वास्थ्य विज्ञान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पालको कोभिड अस्पतालमा उपचाररत पोखरा–१४, काजीपोखरीका ५८ वर्षीय पुरुषको निधन भएको हो ।

उनी पोखरा महानगरपालिका स्थित सभागृहमा रहेको नबिल बैंकको सुरक्षा गार्ड भएको खुलेको छ । मुटुका रोगी रहेका उनी पेट दुखेपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पुगेका थिए ।

भदौ ७ गते अस्पताल पुगका उनको शल्यक्रियाको क्रममा पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनको शनिबार नै अन्तेस्टि भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese