no comments

लेखनाथमा खास्टेताल महोत्सव हुने

पोखरा, १ चैत/ खास्टे न्यूरेनि जाँउ तालमा रमाऔ भन्ने मुल नाराका पोखरा २६ लेखनाथमा यहि चैत्र १२ देखि २२ गतेसम्म प्रथम खास्टे ताल महोत्सब –२०७७ हुने भएको छ ।

कोरना भाईरसका कारण स्थानिय स्तरमा कुनै पनि मेला महोत्सव नभईरहेको अवस्थमा लेखनाथ महोत्सव कै झल्को मेटाउने र आन्तरिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरि खास्टे तथा न्यूरेनीताल किराना खरानेफाँटमा खास्टेताल महोत्सव गरिने भएको हो ।

खास्टे तथा न्युरेनी ताल संरक्षण समितिको अग्रसरता र राष्ट्रिय संगितकर्मि संघ कास्कीको सहकार्यमा हुन लागेको महोत्सवलाई सफल पार्न विभिन्न ३२ वटा उपसमिति सहित संरक्षण समितिका अध्यक्ष हरि प्रसाद अधिकरीको संयोजकत्वमा एक हजार पाँच सय एक सदस्य मुल समारोह समिति गठन गरि तयारीलाई अगाडी वढाईएको छ ।

ताल संरक्षण समितिसगँ आवद्ध सात सय ३२ आजिवन सदस्य र विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधीहरु रहने गरि मुल समारोह समिति गठन गरिएको हो भने तालको संरक्षण गर्दै आय आर्जनका लागि माछा पालन समेत गरिदै आएको खास्टे तथा न्यूरेनीतालको प्रचार प्रसारमा सहयोग पुग्ने गरि महोत्वस गर्न लागेको अध्यक्ष अधिकारीको भनाई रहेको छ ।

महोत्सव तयारीका सम्वन्धमा सनिवार राखिएको भेलामा पोखरा महानगर पालिका वडा नम्बर २६का वडा अध्यक्ष नारायण प्रसाद वरालले यसलाई सफल बनाउन कुनै कसर नराख्ने बताए भने वडा नम्बर २८का वडा अध्यक्ष निर्मल दियालि र वडा नम्बर २९का वडा अध्यक्ष चेत बहादुर गुरूङले यो महोत्वलाई आफनै चाडवाडको रुपमा सम्झेर अगाडी वढ्न सवैमा अनुरोध गरेका थिए ।

महोत्सवमा नेपालका चर्चित गायक ,गायिकाको प्रस्तुति समेत रहने छ भने यस महोत्सवमा माछा तथा कृषि प्रदर्शनी लगाएतका मनोरञ्जनात्मक कार्यक्रमहरु हुने ताल संरक्षण समितिका सचिव ईश्वरी प्रसाद अधिकारीले जानकारी दिनु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese