no comments

फेवातालको माटो झिक्न सुरु

पोखरा, १८ फागुन/ फेवातालको छेउमा थुप्रिएको माटो निकाल्न थालिएको छ । फेवातालको बाँध मर्मत सम्भारका लागि पानीको सतह घटाएको मौका पारेर माटो निकाल्न थालिएको हो ।

गण्डकी प्रदेशको वातावरण मन्त्रालयको संयोजनमा मंगलबार फेवातालको गाईघाटबाट माटो निकाल्ने कामको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले थालनी गरे ।

फेवाताल वरपर रहेका २९ वटा खोलाबाट आएको ढुंगा, गिट्टी, बालुवा, प्लाष्टिक लगायतका थुप्रिएको छ । निकालिएको माटोले तालबाहिरका खाल्डाखुल्डी पुर्न प्रयोग गरीने गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले जानकारी दिए ।

फेवातालको तल्लो क्षेत्रको फिर्केखोलाले लगेर थुपारेको माटो निकाल्न थालिएको हो । फेवातालमा मिसिएको माटो १५ दिन भित्र निकाल्ने लक्ष्य रहेका फेवातालको माटो ब्यबस्थापन समितिका संयोजक रामकाजी श्रेष्ठले जानकारी दिए ।

फेवातालबाट अहिले करिब १५ हजार घनमिटर माटो निकाल्ने लक्ष्य रहेको छ । फेवातालको माटो ठाउँ अनुसार एकदेखि तीनमिटर गहिराईसम्मको माटो निकाल्ने संयोजक श्रेष्ठले बताए ।

माटो निकाल्न १ करोड ३३ लाख रुपैयाँ खर्च लाग्ने लागत स्टिमेट रहेको छ । स्काभेटरले निकाल्दा भने २५ लाख लाग्ने अनुमान छ ।

फेवातालको बाँध मर्मत सम्भारको लागि फेवातालको पानीको सतह घटाएपछि नागरिकस्तरबाट फेवाको माटो र फोहोर जिग्नु पर्ने माग स्थानीले राख्दै आएका थिए ।

फेवातालमा वर्षेनी १ लाख ४२ हजार घनमिटर भन्दा बढी माटो फेवातालमा आएर मिसिने गरेको सरकारी तथ्याङ्क छ । जसका कारण तालको सतह घट्दै जाँदा अतिक्रमण बढ्दो छ ।

फेवाताल चारकिल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको क्षेत्र ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा अर्थात ५.७२६ वर्ग किलोमिटर रहेको जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese