no comments

पोखराको चरक मेमोरियलमा दुई जना कोरोना संक्रमितको मृत्यु

पोखरा, ३० चैत/ पोखरामा उपचारकाक्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भइ पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत दुई जना पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

चैत २३ गते कोरोना संक्रमण पुष्टि भई उपचाररत तनहुँ शुक्लागण्डकीका ५१ वर्षीय पुरुषको २९ गते आइतबार र चैत २० गते कोरोना संक्रमण पुष्टि भई उपचाररत पोखरा महानगरपालिकाका ७८ वर्षीय पुरुषको ३० गते सोमबार मृत्यु भएको शर्माले जानकारी दिए ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २०७ पुगेको छ । अहिले सम्म गण्डकी प्रदेशमा १६ हजार ९ सय ३३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ भने १६ हजार ३ सय ७ जनालाई निको भईसकेको छ ।

हाल ४ सय १९ जना संक्रिय संक्रमित रहेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese