no comments

पोखरामा समुदायमा फैलीयो कोरोना

पोखरा, २३ साउन / साउन १८ गते पोखरा महानगरपालिका १९ का एक ६२ वर्षीय पुरुषमा ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखियो । स्थानीय ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल जाँदा कोरोना देखिएको र संक्रमितलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनको कुनै ट्राभल हिष्ट्री विनै कोरोना संक्रमण देखिए पछि पोखरामा कोरोना समुदाय मै फैलिएका आंशका गरिएको थियो । त्यसको पुष्टि आज भएको छ । उनको सम्र्पकमा आएकाहरुको कन्ट्याक ट्रेसिङ गर्दा शुक्रबार ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

पोखरा १९ का तीन जना महिला र तीन जनामा पुरुषको कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनलाय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । कोरोना देखिएकाको कन्ट्याक ट्रेसिङ गर्न स्वास्थ्यकर्मी लागेका छन् ।

अहिले सम्म पोखरा महानगरपालिकामा अहिले सम्म १ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ९० जना निको भएर घर फर्किएका छन् ।

गण्डकी प्रदेशमा १ हजार ५ सय ८७ कोरोना संक्रमण पुगेका छन् । गण्डकी प्रदेशमा १ हजार ३ सय ८३ जना निको भएर घर फर्किएका भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese