no comments

पोखरामा अहिले सम्म कै धेरै जनामा कोरोना संक्रमण पुष्टि

पोखरा, २४ बैशाख/ पोखरामा कोरोनाको संक्रमण दर उच्च गतिमा पुगेको छ । पोखरामा एकै दिन कोरोनाको अहिले सम्म कै उच्च ४ सय २ जनामा संक्रमण भएको छ ।

त्यसै गरी बैशाख १३ देखी २३ गते सम्म पोखरामा कोरोना संक्रमण पुष्टि भएका तर विवरण सार्वजनीक नभएका ४ सय ५४ जनाको पनि शुक्रबार नै स्वास्थ्य निर्देशनालय गण्डकीले विवरण सार्वजनीक गरेको छ ।

यो सगँ कास्कीको पोखरा महानगरपालिकामा ८ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्की जिल्लाभर शुक्रबार कुल ८ सय ५६ जना कोरोनाका संक्रमित थपिएका छन् ।

नयाँ संक्रमितमा मादीमा ९ जना, अन्नपूर्ण र रुपा गाउँपालिकामा ४, ४ जना र माछापुच्छ्रेमा एक जना रहेकाछन् ।
योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या ११ हजार ८ सय १५ पुगेको छ ।

कास्कीमा हालसम्म ८९ सय ४९ जना निको भएकाछन् । जिल्लाभर २ हजार ७ सय २९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । हालसम्म कास्कीमा कोरोनाबाट १ सय ३७ जनाको ज्यान गएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese