no comments

पोखरामा १४ सहित गण्डकीमा थप ३९ जनामा कोरोना संक्रमण

पोखरा, ३ कात्तिक / गण्डकी प्रदेशमा सोमबार बिहान थप ३९ जनामा कोरोना संक्रमित थपिएका छन् ।

कास्कीमा १४ जना, नवलपुर १० जना, तनहुँमा १०, जना बागलङमा ३ जना, लमजुङ १ र गोरखामा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ८६ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवन मेडिकल कलेज चितवनको प्रयोगशालामा भएको परीक्षणमा ३९ जनाको कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म ३ हजार ५ सय १६ जना निको भएर घर फर्किएका छन् भने अहिले सम्म ५० जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese