no comments

पोखरामा संसद् पुनस्थापनाको स्वागत

पोखरा, १२ फागुन/ सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेको स्वागत र खुशीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहले पोखरामा ¥याली र सभा गरेको छ ।

पोखराको सभागृहचोकबाट शुरु भएको ¥याली मानवअधिकार चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड—नेपाल समूहका गण्डकी प्रदेशका सहइन्चार्ज तुलबहादुर गुरुङले सर्वोच्चले प्रतिगमनलाई सच्याएर जनताको पक्षमा फैसला गरेको बताए ।

नेकपा केन्द्रीय सदस्य राजकाजी गुरुङले जनताले सडकबाट र सर्वोच्चले अदालतबाट जनताको पक्षमा निर्णय गरेर प्रतिगमन सच्याएको सुनाए। प्रतिगमन सचिएसँगै नेकपा मुलधारमा सबै आउन पनि उनले अनुरोध गरे।

कार्यक्रममा बाम बुद्धिजिवी सुरेन्द्र थापा मगरले पार्टीभन्दा पनि व्यक्ति केन्द्री हुँदा पार्टीमा समस्या आएको बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese