no comments

पोखराको लेकसाइड बस्दै आएकी एक विदेशी महिलाको कोरोनाबाट मृत्यु

पोखरा, ७ साउन / पोखराको लेकसाइडमा रेष्टुरेण्ट व्यवसाय गर्दै आएकी एक चिनियाँ महिलाको मृत्यु भएको छ ।

ज्यरो र स्वासप्रश्वासमा समस्या भएपछि केहि दिन पहिले पोखराको मणिपाल अस्पतालमा उपचारका लागि पुगेको चिनियाँ नागरिकको बुधबार काठमार्डौको त्रिविशिक्षण अस्पतालमा मृत्यु भएको हो ।

उनलाई पोखराबाट थप उपचारका साउन २ हेलिकप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको थियो । परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि त्रिवि शिक्षण अस्पताल रिफर गरिएको र उपचारका क्रममा बुधबार विहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्व गौतमले जानकारी दिए ।

पोखरा लेकसाइडमा चाइनिच रेष्टुरेण्ट सञ्चालन गर्दै आएकी ४९ बर्षिया चिनियाँ महिला लकडाउन भए एता कतै पनि उनका साथीहरुले बताएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा विदेशी नागरिकको मृत्यु भएको यो पहिलो घटना हो । मृतक महिलामा मुटुरोगको समस्या पनि भएको अस्पतालले जनाएको छ ।

ती महिलाको शव शिक्षण अस्पतालको शवगृहमा रहेको र नेपालस्थित चिनिया दूतावास र उनका आफ्न्त सगँको परामर्शमा शव व्यवस्थापनको तयारी भइरहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese