no comments

प्रेस युनियन कास्कीको उत्कृष्ट सदस्य अवार्ड विजय नेपालीलाई

पोखरा, १२ जेठ / नेपाल प्रेस युनियन कास्कीले उत्कृष्ट सदस्य अवार्ड – २०७७ कार्यसमिति सदस्य विजय नेपालीलाई प्रदान गर्ने भएको छ ।

नेपाल प्रेस युनियनको स्थापना दिवसमा प्रदान गरिने यो अवार्ड गतवर्ष देखि शुरु गरिएको हो । अवार्डको राशी नगद पाँच हजारसहित दोसल्ला र प्रशंसापत्र रहेको छ ।

कार्यसमितिका सदस्यमध्ये संस्थागत गतिविधिमा सक्रिय सहभागिता जनाउनेलाई यो अवार्ड प्रदान गरिने अध्यक्ष नवीन सिग्देलले बताउनुभयो । कार्यसमितिका सदस्यलाई प्रोत्साहन गर्न अवार्डको व्यवस्था गरिएको उहाँको भनाइ छ ।

हिमदुत दैनिकबाट पत्रकारिता शुरु गर्नुभएका पत्रकार नेपाली पोखराका क्रियाशील पत्रकार हुनुहुन्छ ।उनी हाल ढोरपाटन दैनिक र समाचारपत्रमा कार्यरत हुनुहुन्छ ।

कार्यसमितिको दोस्रो बैठकले उत्कृष्ट सदस्य अवार्डका लागि कार्यमूल्यांकनका आधारमा सदस्य छनोटको अधिकार अध्यक्ष सिग्देललाई दिएको थियो । यसअघि सो अवार्ड कार्यसमिति सदस्य अनिषा श्रेष्ठलाई प्रदान गरिएको थियो ।

कोरोना महामारीका कारण अवार्ड हस्तान्तरण कार्यक्रम भने पछि उपयुक्त समयमा गरिने सचिव प्रदिप पौडेलले जानकारी दिनुभयो। प्रेस युनियनको स्थापना दिवस जेठ १३ गते हो ।

TechSansar.com - Technology Navigator website for Nepalese