no comments

नेपाली काग्रेस गण्डकीको सभापतिमा शुक्रराज शर्मा विजयी (कस्को कति मत सहित)

पोखरा, १९ मंसिर/ नेपाली कांग्रेसको गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा निर्वाचित भएका छन् । रामचन्द्र पौडेल पक्षका शर्माले देउवा पक्षका अर्जुन जोशीलाई हराउदै निर्वाचित भए ।

शुक्रराज शर्माले ६ सय १२ मत पाए भने अर्जुन प्रसाद जोशीले ५ सय २८ मत प्राप्त गरे । उपसभापतिमा कल्पना तिवारीले ६ सय २४ र मेखलाल श्रेष्ठले ५ सय ५६ मत प्राप्त गर्दै विजयी बने ।

महामन्त्रीमा किरणबाबु श्रेष्ठले ५ सय ७३ मत र विष्णुप्रसाद लामिछानेले ५ सय ६४ मत प्राप्त गर्दै विजयी बने । सहमहामन्त्री महिलामा कोपिला रानाभाटले ५ सय ९२ मत प्राप्त गर्दै विजयी बनिन् ।

त्यसै गरी सहमहामन्त्री खुल्लामा रमेशकुमार पाण्डे ६ सय ५ र रामचन्द्र जोशीले ५ सय ७० मत प्राप्त गर्दै विजयी भए । शनिबार पोखरामा भएको मतदानमा कुल एक हजार १ सय ६५ मध्ये एक हजार १ सय ४६ मत खसेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese