no comments

कांग्रेस उपसभापतिमा खड्का र गुरूङ निर्वाचित

पोखरा, १ पुष/ नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरूङ विजयी भएका छन् । खड्काले २ हजार १ सय २१ र गुरूङले १ हजार ९ सय ८ मत ल्याएका छन् ।

खड्का सभापति निर्वाचित शेरबहादुर देउवा प्यानलका उम्मेदवार हुन् भने गुरूङ शेखर कोइराला प्यानलका नेता हुन् ।
देउवा पक्षकै विजय गच्छदार जम्मा २ मतले तेस्रो भए । उनले १ हजार ९ सय ६ मत ल्याए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुन ः गणनाको माग गरेका थिए । यसले अन्तिम नतिजा सार्वजनिक गर्न ढिलाइ भएको थियो ।

दुई जना उपसभापतिका लागि सात जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो । चौथो स्थानमा रहेका चन्द्र भण्डारीले १ हजार ५ सय ८० मत ल्याएका छन् ।

प्रकाशमान सिंह समूहबाट सुजाता कोइराला, स्वतन्त्र तर्फबाट महेश आचार्य र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह उठेका थिए । कोइरालाले ६ सय ४४, आचार्यले ५ सय ८९ र शाहले १ सय ३२ मत ल्याए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese