no comments

कास्कीमा एक जनालाई खोलाले बगायो, ठाउँ ठाउँमा बाढी र पहिरो

पोखरा २, असार/ कास्कीको माछापुच्छे गाउँपालिका १ स्थित उपल्लोघाचोक (टुसे) मा खहरेखोलाले बगायर स्थानिय ४८ बर्षीया लिला विक (परियार) को मंगलबार निधन भएको छ ।

आफ्नो घर नजिकै खहरेखोलाले बगायर विकको निधनको प्रहरीले जनाकारी दिएको छ । त्यसै गरी कास्कीका ठाउँ ठाउमा बाढी र पहिरोले क्षती पुगेको छ ।

गण्डकी प्रदेशमा ठाउँ ठाउँमा भएका घटनाको विवरण

स्याङ्जा: सवारी दुर्घटना

मिती २०७८।०३।०२ गते अन्दाजी १०:१० बजे जिल्ला स्याङ्जा भिरकोट नगरपालिका-४ दर्बुङठाटि स्थित भित्री कच्चि सडक खण्डमा बानेथोकबाट बयारघारी तर्फ आउदै गरेको ग १ ज ४९४० न.को जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५ मिटर तल खस्न जाँदा जिपमा सवार चालक सहित ८ जना मध्ये निम्न ७ जना घाईते भई उपचारको लागी भिरकोट नगर अस्पताल हेलु पठाइएकोमा जिल्ला स्याङ्जा भिरकोट नगरपालिका-३ बस्ने वर्ष ३६ को गणेशजंग अधिकारीको उपचारको क्रममा मृत्यु, अन्य ६ जना लाई थप उपचारको लागी पोखरा ल्याईएको, घटनास्थलमा प्रहरी टोली खटि भई घटनाको बिषयमा थप अनुसन्धान भईरहेको छ ।

कास्की: बाढीपहिरोले क्षति

मिति २०७८।०३।०१ गते राति देखि परेको अबिरल बर्षातको कारण जिल्ला कास्की अन्नपुर्ण गाउँपालिका-१० घान्द्रुक स्थित माथिबाट आएको पहिरो र मादी गाउँपालिका-७ मा मादी खोलाको पानीको बहाब बढ्न जाँदा  ६ घर परिवार बिस्थापित भएको त्यस्तै मादी गाँउपालिका-१ होकु स्थित कपुजे खोला र नौलो खोलाको बहाब बढ्न गई २ वटा भेडी गोठ र अन्दाजी ४०० वटा भेडा बगाएको, उक्त स्थानमा प्रहरी टोलि खटि गइ जोखिम न्युनिकरण तथा उद्दार कार्य गरि रहेको ।

 कास्की: आगोलागी

मिति २०७८।०३।०२ गते रातको समयमा जिल्लाकास्की माछापुच्छ्रे गाउँपालिका-१ धिप्राङ बस्न वर्ष ६५ की केशरी गुरुङको ढुङ्गा, माटोले बनेको ढुङ्गाले छाएको २ तले कच्ची घरमा अचानक आगलागी हुदाँ अन्दाजी १५,००,००० (पन्ध्र लाख)  बराबरको क्षती भएको मानविय क्षती नभएको, घटनास्थलमा तत्कालै प्रहरी टोलि खटि गई स्थानीयको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको ।

बागलुङ: पहिरोले घरहरु जोखिममा

मिति २०७८।०३।०२ गतेको अबिरल बर्षाको कारण जिल्ला बाग्लुङ बागलुङ नगरपालिका-७ पैराबारीमा पहिरोले १ घर भत्काएको, १ घर जोखिम बनाई सोही घर सँगै रहेको गोठ पुरिन गई उक्त गोठमा रहेको लैनो भैँसीको मरेको ऐ.ऐ.-४ मा १ घर बगाएको, २ घर जोखिममा रहेको, बागलुङ नगरपालिका-१३ फर्सेडाडामा १ घर जोखिममा बरेङ गाँउपालिका-१ भ्युडाडामा १ घर जोखिममा गल्कोट नगरपालिका-४ चमुवामा १ घर र डाँडाखेतमा १ घर गरी जम्मा २ घर बगाएको र ७ भर जोखिम बनाई जम्मा ४३ जना बिस्थापित भएको,मानबिय क्षती नभएको, सबैस्थानहरुमा प्रहरी टोलि खटि गई स्थानियको सक्रियतामा उद्धार गर्ने कार्य भईरहेको ।

 

मनाङ: बाढीबाट क्षती

मिति २०७८।०३।०२ गतेको अबिरल बर्षाको कारण जिल्ला मनाङ नासो गाँउपालिका-३ धारापानी मर्स्याङ्दी नदीमा आएको बाढीको कारण धारापानीबाट थोचेताचेजाने पुल,प्रभु बैक,कैलाश बैक, नासो गाँउपालिकाको कार्यालय भवन,यथलैया होटल,सिमा प्रहरी चौकि धारापानीको भवनबगाएको,हाल सम्म मानविय क्षती नभएको, उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानान्तरण तथा जोखिम न्युनिकरण गरीरहेको ।
म्याग्दी: बाढीले क्षती

मिति २०७८।०३।०२ गतेको अबिरल बर्षाको कारण जिल्ला म्याग्दी मालिका गाँउपालिका-६तल्लो दरबाङ स्थितमा म्याग्दि खोलाले बस्ने वर्ष ३५ को हरी सुनारको काठले बारेको जस्ताको छानो भएको कच्ची घर कटान गरी आंशिक रुपमा बगाएको, मंगला गाँउपालिका-५ अर्मन सिर्कुममा पहिरोको कारण ऐ.ऐ. बसोबास गर्ने बेल बहादुर बुढाथोकीको ढुङगा माटोले बनेको दुई तले कच्ची घर तथा संगै जोडिएको गोठ पुरिन जाँदा घर गोठ पुर्ण रुपमा क्षति भएको र वर्ष ६० की हिमकली बुढाथोकी घाईते भएको, गोठमा रहेको ३ वटा भैसि, २ वटा गोरु र ५ वटा बाख्रा पहिरोले पुरिएकोमानबिय क्षती नभएको,उक्त स्थानमा प्रहरी टोली खटि गई क्षति न्युनिकरण तथा उद्दारका कार्यहरु गरी रहेको ।

गोरखा: बर्षातको कारण क्षति

मिति २०७८।०३।०२ गते राति चुमन्रुर्बि गाँउपालिका-३ सल्लेरीमा बुढि गण्डकि नदिले ऐ. स्थानका४ घर बगाएको,७ वटा घर र नेपालि सेनाको निर्माण कार्यदलको बेस क्यामप उच्च जोखिममा रहेको साथै ऐ बस्ने बुद्दि गुरुङको १ बङगुर र हिमचुलि कृर्षि समुहको २७ थान रंगिन जस्ता पाता बुढिगण्डकि नदिले बगाएको,जोखिममा रहेका घरका  र विस्थापित घरका परिवारका १८ जनालाई आमा समुहको भवनमा सारिएको, नेपालि सेनाको टोलि वडा अध्यक्ष राम बहादुर गुरुङको घरमा बसेको, मानबिय क्षति नभएको, उक्त स्थानमा प्रहरी टोली खटि गई क्षति न्युनिकरणका कार्यहरु गरी रहेको ।

स्याङ्जा: बर्षाको कारण क्षती

मिति २०७८।०३।०२ गते अन्दाजी ०८:२० बजेको समयमा जिल्ला स्याङ्जा गल्याङ नगरपालिका-५ सेतिबेणी बजार अबिरल बर्षाको कारण कालिगण्डकी नदिको बाढि पस्न गई डुबान परेको, डुबानबाट ८ घर पुर्ण रुपमा क्षति भएको, मानविय तथा चौपाय क्षेति नभएको,बाढि घटने क्रममा रहेको,उक्त स्थानमा प्रहरी टोली खटि गई क्षति न्युनिकरणका कार्यहरु गरी रहेको ।

लमजुङ: बर्षातको कारण क्षति

मिति२०७८।०३।०२ गते राति परेको अबिरल बर्षातको कारण जिल्ला लमजुङ दोर्दी गाउँपालिका-८ का ४ घर ,क्वालोसोथार गाँउपालिका-०२ पहिरो बाट ५ घर जोखिममा बनाउँदा २७ जना विस्थापित भएको, मर्स्याङदि गाँउपालिका-४ मा बाढीले ले २ रेष्टुरेण्ट, १ पसल, १ पानी फ्याक्ट्री, वन सब डिभीजन कार्यलयको भवन बगाउदा १३ जना बिस्थपित भएको, मरस्याङदी गाउँपालिका-६ नाईचे स्थित रहेको सुपरङदी हाईड्रोपावरको जस्ताले बारेको जस्ताले छाएको अस्थाई क्याम्प पुरेको उक्त क्याम्पमा रहेको तेल ३६ ड्रम ,कामदारले प्रयोग गरेको लत्ता कपडा अन्नपात सबै पुरिएको, हाईड्रोपावरको फलामे पुलमा समेतक्षती गरेको, मानबिय क्षति नभएको, उक्त स्थानहरुमा प्रहरी टोली खटि गई क्षति न्युनिकरणमा खटिई रहेको ।

स्याङ्जा: शव फेला परेको

मिति २०७८।०३।०२ गते अन्दाजी ०६:१५ बजेको समयमा जिल्ला स्याङ्जा भिरकोट नगरपालिका-१ र ६ को बिचमा पर्ने आधिखोलाको बिचमानाम थर वतन नखुलेको वर्ष अन्दाजी ५०/५५ को पुरुष ब्यक्तिको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोली खटी गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।

पर्वत: बर्षातको कारण क्षति

मिति२०७८।०३।०२ गते परेको अबिरल बर्षाको कारण गएको पहीरोले जिल्ला पर्बतजलजला गाँउपालिका-४ लामाखेतका ५ घरमा क्षति पुर्याएको, उक्त घरहरुमा बसोबास गर्ने २३ जना बिस्थापित भएको, मानबिय क्षति नभएको, उक्त स्थानमा प्रहरी टोलि खटि गई जोखिम न्युनिकरण तथा उद्दार कार्य गरी रहेको ।

TechSansar.com - Technology Navigator website for Nepalese

Reply