no comments

पोखरामा पृथ्वी जयन्ती, पोखराका मयेर जिसी शहिदपार्कमा

पोखरा, २७ पुस/ नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पोखरामा २९९ औं पृथ्वीजयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा पोखरामा तामझामका साथ मनाएका छन् ।

पोखरा चिप्लेढुंगाबाट सुरु भएको झाँकी सहितको ¥यालीले पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।

¥यालीका सहभागीहरुले राजा आउ देश बचाऊ, हिन्दू राष्ट्र कायम गर लगायतका नाराबाजी गर्दै राष्ट्रिय एकताका प्रतीक पृथ्वीनारायणको जयजयकार गरेका थिए ।

उनीहरुले पञ्चेबाजा, भजनकीर्तन, लाखे नाच सहित विभिन्न समुदायका भेषभुषा प्रस्तुत गरेका थिए । ¥यालीमा आमा समूह, क्लब, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत शिव सेना, राप्रपा, विश्व हिन्दू महासंघ लगायतबाट प्रतिनिधित्व थियो ।

पृथ्वीजयन्ती मनाउनेक्रममा पोखराको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको योगदानको स्मरण गरेका थिए ।

त्यसै गरी पोखरा महानगरपालिका मयेर मानबहादुर जिसीले पोखराको शहिद पार्कमा पुरेर पृथ्वीनारायण शाहाको प्रतिमामा माला लगाएका छन् ।

गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ मा जन्मिएका उनी तत्कालीन बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गरेका थिए ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese