no comments

पोखरामा प्रधानमन्त्रीको पुत्लादहन गर्दै सडकमा नाराबाजी

पोखरा, ५ पुष /संसद विघनटनको प्रस्ताव पछि नेकपाका युवा नेता तथा विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।

पोखराको महेन्द्रपुल र पृथ्वीनारायण क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएर विरोध गरे ।

पोखराको महेन्द्रपुलमा भएको कार्यक्रममा पुर्व माओवादी र नेपाल पक्षका विद्यार्थी र युवा नेताहरुको सहभागीता रहेको थियो ।

कोषसभालाई सम्बोधन गर्दै युवासंघका नेता पुर्ण लामाले प्रधानमन्त्रीका संसद विघटनको प्रस्ताब फिर्ता नलिए सम्म आन्दोलन जारी राख्ने बताए ।

त्यसै गरि पृथ्विनारायण क्याम्पस अगाडी भएको कार्यक्रमा अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनले संयुक्तरुपमा पुत्ला जलाए । उनीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

विद्यार्थीहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा केहिबेर अवस्था असमान्य बन्यो । प्रहरीले बल प्रयोग गर्दा विद्यार्थीहरुले क्याम्पस भित्रबाट ढुंगा हानेका थिए । विरोध सभामा ओलीको विरोधमा नाराबाजी गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese