no comments

पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनको तयारीमा

पोखरा, २९ असार/ पोखरा विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालन गर्ने भएको छ । २१ औं साधारण सभाले शिक्षण अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गरेसँगै अस्पतालको काम अगाडि बढ्ने भएको छ ।

सभाले पारित गरेको आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा शिक्षण अस्पताल र निर्माणका कामलाई प्राथमिकतामा राखिएको रजिस्टार डा. दीपकबहादुर भण्डारीले जानकारी दिए ।

शिक्षण अस्पतालका लागि २१ करोड बजेट छुट्याएको छ । विश्वविद्यालयमा अहिले पनि ब्याचलरमा ५ र मास्टरमा २ वटा कार्यक्रम रहेको उनले बताए । जसका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्दै आएको थियो ।

६ महिनामै शिक्षण अस्पताल सुरु गर्ने लक्ष्य लिएको उपकुलपति प्राडा प्रेमनारायण अर्यालले बताए । अस्पताल सञ्चालन भएपछि नर्सिङ, चिकित्सा र विज्ञानसँग सम्बन्धित प्यारामेडिकल कोर्षहरु चलाउने सहज हुने अर्यालले बताए ।

विश्वविद्यालयले विज्ञान तथा प्रविधि, व्यवस्थापन, मानविकी तथा सामाजिक शास्त्र कार्यक्रमलाई पोखरा ३० मुँसेटुँडामा रहेको २ सय ४१ रोपनी जग्गामा स्थानान्तरण गर्ने योजना बनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese