no comments

भिसाको म्याद थप गरी दिन विदेशी पर्यटकद्धारा सरकारसँग माग

पोखरा, १२ साउन / कोरोना भाइरस (कोभिड(१९) र लकडानका कारण पोखरामा रोकिएका विदेशी पर्यटकहरुले भिसाको म्याद थप गरीदिन माग गरेका छन् । विश्वका धेरै मुलुकमा लकडाउन हुँदा नेपाल भ्रमणमा आएर करिब १५ सय पर्यटक नेपालमै रोकिएको पर्यटकहरुले बताएका छन् ।

पोखरामा रहेका पर्यटकहरुले अन्तराष्ट्रिय विमान खुलेपनि तत्काले जान सक्ने अवस्था नभएको भन्दै भिसाको म्याद थप गर्न सरकार सँग माग गरे । पोखरामा सोमबार विभिन्न देशका पर्यटकहरुले पत्रकार कुराकानी गर्दै नेपालमा हाल कोरोनाबाट आफुहरु सुरक्षित भएकोले आफुहरु थप केही समय नेपालमै बस्न चाहेकोले भिसाको म्याद थप गरी दिन आग्रह गरे ।

नेपालमा अमेरिका, अष्ट्रेलिया, इट्ली, बेलायती, उरुग्वे, सहितका युरोपेली मुलुकका विदेशी पर्यटकहरुले आफुहरु नेपालमै कोरोनाबाट सुरक्षित रहेकाले आफ्नो देश जान नसक्ने भएकाले भिसाको म्याद थप गर्न माग गरे । उनीहरुले आफ्नो अधिकार र कर्तव्यको बारेमा जानकारी भएको बताउदै विषम परिस्थितिमा आफुहरु हाल रहेको देश नेपालमै बस्न चाहेको बताए ।

पोखरामा विभिन्न देशका ५ सय बढी पर्यटक कोरोनाले गर्दा पोखरामा रहेका छन । नेपाल भर भने सो संख्या करिब एक हजार ५ सय जना रहेकोे उनीहरुको भनाई छ । देश भरका करिव ५ सय र पोखराका करिव १ सय ५० जना पर्यटक भिषाको म्याद सकिएको उनिहरुले बताएका छन् ।

नेपाल डकडाउ खुली सकेको छ । हवाई उडान सुरु भएछि विदेशी पर्यटकहरुलाई पुनः स्वागत गर्नुपर्ने भएकाले नेपालमा रहेका विदेशी पर्यटकहरुलाई उनीहरुको चहाना अनुसार भिषाको म्याद थप गर्न पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले सरकार सँग माग गरे ।

भिषा सकिएका पर्यटको म्याद थप गरी नेपालमै बस्ने वातावरण मिलाउदा नेपालका वारेमा बिश्व वजारमा सकरात्मक सन्देश जाने र देश भित्र आर्थिक कृयाकलाप चलायमान हुने पर्यटन व्यवसायीको भनाई छ । विदेश पर्यटकहरु लकडानका कारण जुनठाउँमा बसेका हुन् त्यही ठाउँ भन्दा अन्त्र घुम्न पाएका छैनन् ।

TechSansar.com - Technology Navigator website for Nepalese