no comments

पोखराको पर्यटन क्षेत्रमा स्वास्थ्य सुरक्षा सचेतना, ब्यवसाय सञ्चालनका लागी पर्यटन ब्यवसायी तयारी अवस्थामा

पोखरा, २८ साउन/ कोभिड– १९ को संक्रमण बढी रहेका वेलापनि पोखराका पर्यटन क्षेत्रका सञ्चालक र कर्मचारी हरुलाई स्वास्थ्य सुरक्षा सचेतना दिदै ब्यवसाय सञ्चालनका लागी तयारी अवस्थामा राखेको छ ।

नेपाल टुर एण्ड ट्राभल्स एसोसिएशन (नाट्टा) गण्डकीको आयोजना र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा सञ्चालित तालीमलाई तीन चरणमा विभाजन गरी १सय २० जनालाई कोरोनाको रोकथाम, सावधनी, स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरी पर्यटकलाई कसरी सेवा दिने बारे जानकारी दिईयको थियो ।

प्रशिक्षणमा सम्बन्धित क्षेत्रका व्यवसायीलाई गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता नवराज शर्मा र विश्व स्वास्थ्य सङ्गठनका गण्डकी प्रदेशका प्रतिनिधि डा राजीव लालचनले स्वास्थ्य सचेतनासम्बन्धी प्र्रशिक्षण दिनुभएको थियो भने पर्यटन व्यवसायी समिर बरालले कोभिड– १९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावका बारेमा जानकारी दिनु भएको हो ।

संस्थाका अध्यक्ष सञ्जयकान्त सिग्देलले पर्यटन क्षेत्रसम्बद्ध टुर एण्ड ट्राभल्स एजेन्सी सञ्चालक र कर्मचारीलाई प्रदान गरिएको स्वास्थ्य प्रोटोकलसम्बन्धी सचेतनाले कोरोनाको जोखिम न्यूनीकरणमा भूमिका खेल्ने वताउनु भयो ।

हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेको संस्थाका महासचिव कमला गिरीले वताउनु भयो । कार्यक्रमा संख्थाकी सचिव एंवम कार्यक्रम संयोजक सङ्गीता पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रमा संख्थाका प्रथम उपाध्यक्ष हरिराम अधिकारी,प्रशिक्षक डा राजिब लालचन ,संख्थाका संख्थापक कृष्ण प्रसाद वास्तोला, संस्थाका पुर्व अध्यक्ष परिषदका सम्योजक ओम प्रकास पाण्डे लगायले कोरोना संक्रमणको मार पर्यटन क्षेत्रमा परेको वताएका थिए ।

यता पोखरामा केहि होटल रेष्टुराहरु सञ्चानमा आएपनि पोखराका ठुला होटल मध्ये, पोखरा ग्राण्ड, सांग्रिला, फिस्टेल, टेम्पल ट्री, स्वीस इन्टरनेशनल,माउन्ट कैलाश, द यात्रा र बाराही लगायत होटल अझै खुलेका छैनन् । उनीहरु पर्ख र हेरको अवस्थामा छन् ।अहिलेको अवस्थामा बाह्रय पर्यटकभन्दा आन्तरिक पर्यटकलाई जोड दिदैँ अघि बढ्न सकिने सके पर्यटन क्षेत्र चलाएमान हुने ब्यवसायीको अपेक्षा गरेका छन ।

पोखरामा करिब ७ सय पर्यटकीय होटल रहेका छन्, तीमध्ये संघमा आवद्ध ४ सय पश्चिमाञ्चल होटल संघसँग आबद्ध छन् ।

ती होटलमा कुल ३० हजार बेड छन् करिव २५ हजार बढीले रोजगारी पाएका छन । लकडाउनले पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड पूरै सुनसान छ ।

TechSansar.com - Technology Navigator website for Nepalese