no comments

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

पोखरा, १० माघ / टे«किङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रिय संघ, पोखराले मादी गाउँपालिकाका विभिन्न पर्यटकीय स्थलहरुको प्रवद्र्धनात्मक कार्यक्रम गरिएको छ ।

गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रर्बद्धनमा माघ ३ देखी ८ सम्म मादीका ताङतिङ, क्रपुडाँडा, क्होलार्सोंथर, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन, अनुसन्धान तथा खोज एवं प्रबर्धनात्मक कार्यक्रम गरिएको हो ।

यो टे«कको प्रवद्र्धनका लागि टानका प्रतिनिनिधि, गाउँपालिका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधी, पत्रकारहरु, पेशागत पथप्रदर्शक ,स्थानीय प्रतिनिधीहरु ,स्थानीय पर्यटन व्यवसायीहरु सहितको सहभागिता रहेको थियो ।

पदयात्रा खोज, अध्ययन तथा प्रबर्धनको नेतृत्व टान पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराका अध्यक्ष सुशीलराज पौडेलले गरेका थिए ।

नेपालको पर्यटनको प्रमुख हिस्सा ओगटने पदयात्रा पर्यटन बिगत केही समययता बिबिध बिषम अबस्थाका कारण धाराशाही हुदै गइरहेको र नयाँ बैकल्पिक पदमार्गहरुको खोजी, पुराना पदमार्गहरुको प्रबद्र्धन र संवद्र्धन हुन नसकेको अबस्थामा टान पोखराले नयाँ गन्तव्यको खोज गरी आवश्यक प्रबद्र्धन गर्ने उद्देश्यले यो पदमार्गको खोज गरेको अध्यक्ष पौडेलले बताए ।

भौगोलिक एवं सांस्कृतिक विविधताको पहिचान एवं बिभिन्न जातजाती ,भेषभुषा, रहनसहन, कलासंस्कृति र सम्पदाहरुको समिश्रणको सुन्दरताको पहिचानको संरक्षण,प्र्रवद्र्धन र मुल्याङक गरि पदयात्रा क्षेत्रहरुलाई “पदयात्रा संरक्षण क्षेत्र”को रुपमा बिकास गरी पेशा व्यवसाय र पर्यटन जोगाउदै अधिकतम रोजगारीका अवसरहरु सिर्जना गर्ने लक्ष्य टानको छ ।

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

कास्कीको मादीका पर्यटकीस्थलहरुमा टानको प्रवद्र्धनात्मक कार्यक्रम

TechSansar.com - Technology Navigator website for Nepalese