no comments

निराशामा वित्यो कोरोनाले पोखराको पर्यटन क्षेत्रको एक वर्ष

सागर राज तिमिल्सिना
पोखरा, ११ चैत/ विश्वव्यापी कोरोना फैलीदै गए पछि अघिल्लो वर्ष चैत ११ गते देखी नेपालमा पनि लकडाउन भयो । लकडाउनका कारण अरु क्षेत्रले जस्तै पर्यटन क्षेत्रले कोरोनाको मार खेप्नु प¥यो ।

विश्वव्यापी रुपमा कोरोना त्रास बढ्दै गएको र नेपालमै पनि लकडाउन भएपछि सिमा नाका र अन्तर्राष्ट्रिय हवाई उडान बन्द भयो । त्यस पछि पर्यटन शुन्यमै झ¥यो ।

पर्यटनले कोरोनाको मार खेप्न थालेको वर्षदिन पुगेपनि अझै ब्यूँतिन सकेको छैन । अहिले अन्तर्राष्ट्रिय हवाई उडान खुलेपनि अझै विदेशी पाहुना भित्रिन सकेका छैनन् । थोरै मात्रामा आएका विदेश केही आन्तरिक पाहुनाको भरमा पर्यटन क्षेत्र जेनतेन खुलेपनि व्यवसाय धानिने अवस्थामा छैन ।

कोरोनाको त्रासले विदेशी आउन रोकिन थालिसक्दा अघिल्लो वर्ष पर्यटन व्यवसायी छिटै हत्ने आशामा थिए । कोरोनाको अप्ठेरो तत्कालै हटिहाल्ने अनुमान व्यवसायी थियो । तर त्यस्तो हुन सकेन । ६ महिना देखी व्यवसायीलाई चलयमान बनाउन लागे सामान्य मात्रै सुधार आएको नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल बताउ छन् ।

विदेशी पर्यटकको आगमन तत्काल हुने संकेत नपाएपछि व्यवसायीले अहिले आन्तरिक पर्यटकलाई जोड दिएका छन् । आन्तरीक पछि पर्यटन व्यवसायीले भारतीय र चिनियाँ पर्यटकलाई जोडदिएका छन् । एकवर्ष बित्दा पनि पोखरामा सबै होटल र रेस्टुरेन्ट पूर्ण रुपमा खुल्न नसकेको व्यवसायीहरुको भनाई छ ।

अहिले सम्म करिब २५ प्रतिशत पर्यटन व्यवसायी व्यवसायबाटै विस्तापित भएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन बताउ छन् । उनले अहिले पोखराका होटलको अकुपेन्सी बढिमा १० प्रतिशत रहेको बताए । उनले आन्तरिक पर्यटकले १० प्रतिशत धाने पनि व्यवसाय टिकाउ विदेशी पर्यटक नै चाहिलने बताए ।

पर्यटनमा ठुलो लगानी भएकोले विदेशी पाहुना नभई नहुने व्यवसायीको भनाई छ । यो अवधीमा करिब ४० प्रतिशत पर्यटक मजदुरले आफ्नो रोजगारी गुमाएका छन् । पोखराका करिब ७ सय होटलहरु, ३ सय रेष्टुरेण्ट, करिब ५ सय पर्यटन सगँ सम्बन्धीत व्यसाय छन् ।

एक दिन लकडाउन हुदाँ गण्डकी प्रदेशमा १ करोडको नोक्सानी हुने प्रदेश सरकारको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य मन्त्रालयले सोमबार सभासम्मेलन नगर्न जारी गरेको विज्ञप्ती पछि व्यवासायी फेरी झस्कीएका छन् । भारतमा कोरोना संक्रमतिको संख्या बढ्दै जादा नेपालमा पनि बढ्ने होकी भन्ने चिन्ता व्यवसायीमा छ ।

TechSansar.com - Technology Navigator website for Nepalese