no comments

पोखरामा क्यानाडा पठाईदिन्छु भन्दै करिब एक करोड ठगि गर्ने पक्राउ

पोखरा, १५ माघ / विभिन्न व्यक्तिलाई क्यानाडा पठाईदिन्छु भन्दै लाखै रुपैया ठगि गरेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफु विगत लामो समय देखी बिदेश बसेको र युरोप, क्यानडा, अमेरीका लगाएतका देशहरुमा धेरै मानिसहरु रोजगारको लागि पठाई सकेको भन्दै ३३ जनाबाट करिब १ करोड रुपैया ठगि गरेको हो ।

पर्वतको मोदी गाउँपालिका मोदी गाउँपालिका वडा नम्बर ७ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर ३० शिसुवा बस्ने बर्ष ३८ को धिरज कुमार बिश्वकर्मालाई पक्राउ गरेको हो ।

विश्वकर्माले कास्की, स्याङग्जा, तनहुँ, म्याग्दी लगाएतका जिल्लाका ३३ जना व्यक्तिहरुलाई क्यानडा पठाईदिन्छु भनि ठगी गरेको कास्कीका प्रहरी प्रमुख जिवन श्रेष्ठले जानकारी दिए ।

विश्वकर्माले ३३ जना व्यक्तिहरुबाट (प्राप्त निवेदन अनुसार) ९० लाख ७१ हजार ५ सय (नव्वे लाख एकहत्तर हजार पाँच सय रुपैयाँ) उठाएको श्रेष्ठले जानकारी दिए ।

विश्वकर्माले विश्वास दिलाउन बिभिन्न सहकारी संस्था र बिकास बैंकहरुको चेक समेत दिएको पाईएको उनले बताए । निजलाई ठगी सम्बन्धी कसूर अन्तरगतमुद्धा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जानकारी दियएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese