no comments

मनाङलाई हराउँदै एपीएफलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा, १५ माघ/ आहारारा गोल्डकको ६ पटकको विजेता मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले हराउदै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको छ । पहिलो पटक फाइनल पुगेको एपीएफले पहिलो प्रयासमा नै उपाधि रक्षा गर्दै नयाँ विजेता बनेको छ ।

खेलको २० औं मिनेटमा युवराज खड्काले गोल गरे । मनाङका तर्फबाट ६७ औं मिनेटमा क्याप्टेन विमल रानाको पासमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए ।

त्यस्तै, मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत फ्रांकलिन कुटे टल्लाले गोल गरे । इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए ।

निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । थप ३० मिनेट पनि बराबरीमा सकिएको थियो । एपिएफले टाइब्रेकरमा ५–४ ले हरायो । टाइब्रेकरमा एपिएफका सबै कप्तान नविन लामा, सनिश श्रेष्ठ, रवि थिङ, मणि लामा र अर्मान्डले गोल गरे ।

मनाङका फ्रान्कलिन कोटे टाला, दयानन्द सिंह, शिव गुरुङ, रुपेश केसीले गोल गर्न सक्दा अफिज ओलावाले ओलाडिपोले गोल गर्न सकेनन् । उनको प्रहारलाई एपिएफका गोलरक्षक युया कुरियामाले रोके । उपाधि सगँ एपिएफले नगद १० लाख र उपविजेता मनाङले ५ लाख हात पारे ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बन्दै एपिएफका राजन गुरुङले अप्रिला स्कुटर प्राप्त गरे । यस्तै उनी नै आहा राराको उत्कृष्ट डिफेन्डर समेत बने । उनले २५ हजार रुपैँया हात पारे । विधागत पुरस्कारतर्फ एपिएफले नै वर्चस्व राख्दा मनाङका आफिज ओलावाले उत्कृष्ट फरवार्ड घोषित भए ।

एपिएफका रवि थिङ उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक एपिएफकै युया कुरियामा र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए । उनीहरुले समान २५–२५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।

 

TechSansar.com - Technology Navigator website for Nepalese