no comments

सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट इन्द्र पौडेल सम्मानित

पोखरा, ३० भदौ / सहारा खेलकूद पत्रकारिता पुरस्कार–२०७६ बाट कान्तिपुर टेलिभिजनका सम्वाददाता इन्द्र पौडेल सम्मानित भएका छन् । क्लबको २२ औं वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गरिएको हो ।

नगद २० हजार पाँच सय रुपियाँ, ताम्रापत्र तथा दोसल्ला ओढाइ सम्मान गरिएको छ । क्लबका सल्लाहकार एवं अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित सात सदस्यीय प्रतिभा छनोट समितिले पौडेललाई छनोट गरेको हो ।

क्लबले प्रत्येक वर्ष पत्रकारिताको माध्यमबाट खेलकूदको विकासमा योगदान पु¥याउने र विशेषगरी खेलकूद बिटलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्ने पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव तथा खेलकूद पत्रकार मञ्च गण्डकीका सदस्य समेत हुन् ।

यसअघि सो पुरस्कारबाट पोखराका १४ जना क्रियाशील पत्रकार एवं सञ्चारकर्मी पुरस्कृत भइसकेका छन् । क्लबले सोही वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै अवसरमा क्लबका सदस्य प्रकाश रानालाई समेत सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सहारा क्लब पोखरा खेलकुदको पर्याय शब्द रहेको बताए । गण्डकी प्रदेशको खेल विकासको लागी सरकारी निकायसँग खेलकर्मि बसि छलफल गर्दै अघि जानुपर्ने गुरुङको भनाइ छ ।

त्यस्तै क्लबका संस्थापक अध्यक्ष वसन्त थकालीले सरकारले खेल क्षेत्रमा लगानी गर्न नसकेको बताए । सोही अवसरमा सहारा एकेडेमीलाई लायन्स क्लब अफ पोखरा लेकसाइडले दस हजार रुपैयाँ सहयोग समेत गरे । कार्यक्रममा सम्मानित पत्रकार इन्द्र पौडेल, क्ल्बका अध्यक्ष केशव बहादुर थापा लगायतले आफ्नो भनाइ राखेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese