no comments

आहा राराले नयाँ विजेता पाउँदै, उपाधि जित्नेमा दुबै टोली ढुक्क

पोखरा, २७ चैत्र/ १९ औं संस्करणको आहा रारा गोल्डकपको फाइनलमा शनिबार अीफ्रकन रुट्स एसोसिएसन र संकटा क्लब काठमाण्डौं खेल्दैछन् । पोखरा रंगशालामा हुने फाइनल खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

काठमाण्डौंको संकटा क्लब र क्यामरुनको पाहुना टोली अफी्रकन रुट्स फाइनलमा पहिलोपटक पुगेको कारण शशक्त प्रदर्शन गर्दै उपाधि हात पार्ने लक्क्षमा हुनेछन् । दुबै टोली पहिलोपटक फाइनलमा पुगेको कारण पनि उपाधि हात पार्ने र इतिहास बनाउने दाउमा हुनेछन् ।

१९ औं संस्करणको फाइनल खेल्ने तयारीमा रहेका संकटा र अफ्रीकन रुट्स दुबै पहिलोपटक आहा रारा गोल्डकपको फाइनलमा पुगेका हुन् । त्यसैले फाइनलमा उत्रदा दुबै टोलीको लक्ष उपाधिमा हुनेछ । यसअघि ५ पटक आहा रारामा सहभागीता जनाए पनि संकटाले फाइनल यात्रा तय गर्न सकेको थिएन । त्यसैले संकटा उपाधिको तिब्र प्रतिक्षामा छ ।

‘हामी पहिलोपटक फाइनलमा पुगेका छौं’, संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘हामीलाई उपाधि जितेर फर्कनु छ ।’ उनले उपाधिका लागि धेरै मिहेनत गरेको र फाइनलमा सम्हालिएको प्रदर्शन गर्दै पाहुना टोलीलाई पराजित गर्ने बताए ।

संकटाले यसपटक आहा रारामा सहभागी हुन निकै मिहेनत गरेको छ । कोरोना महामारीपछि प्रतियोगितामा सहभागीता जनाएको संकटाले केही विदेशी खेलाडी समेत समावेश गर्दै टिम ब्यालेन्स गरेको छ । त्यसैले खेलाडीहरु पनि उपाधि जित्नेमा आत्मविश्वासी देखिएका छन् ।

‘हामीले यसअघिका खेलका कम्जोरी सुधारेर खेल्नेछौं’, कप्तान सरोज दाहालले भने, ‘रक्षापंति, अग्रपंति र मध्यक्रमका खेलाडी लयमा छन् । त्यसैले उपाधिका लागि आत्मविश्वासी छौं ।’ यता बलियो टिम अफ्रीका पनि उपाधिको खोजिमा छ ।

नेपालका बिभिन्न गोल्डकपमा सहभागीता जनाउन क्यामरुनदेखि आएको अफ्रीकन रुट्सले यसअघि पनि मोफसलका केही गोल्डकपमा शानदार प्रदर्शन गरेको थियो । रुट्सले आहा रारामा पहिलो सहभागीता जनाएको हो भने पहिलोपटकनै उसले फाइनल यात्रा तय गरेको छ । त्यसैले अफ्रीकाका प्रशिक्षक फाइनललाई लिएर निकै उत्साहित छन् । प्रशिक्षक सिंगे बोरिसले उनले आहा राराको प्रतिष्ठालाई बुझेको र उपाधिका लागि निकै मिहेनत गर्ने बताए ।

संकटाले सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई पराजित गर्दै फाइनललमा स्थान सुरक्षित गरेको हो भने अफ्रिकन रुट्सले अर्को विभागीय टोली नेपाल पुलिसलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । यी दुबै टोलीका लागि आहा राराको उपाधि पहिलो हुनेछ । त्यसैले पनि दुबै टोलीले फाइनललाई सोचे भन्दा धेरै महत्वदिने बताएका छन् ।

मोफासलकै सबैभन्दा चर्चित र प्रतिष्ठित मानिने आहा राराले अहिलेसम्म ५ विजेता मात्र पाएको छ । १९ औं सुंस्करणमा पुग्दा पुलिसले सर्वाधिक ६ पटक, मनाङ मस्र्याङदी क्लब र थ्री स्टार क्लबले पाँच पाँच पटक, आयोजक साहारा क्लबले १ र विदेशी टोलीले १ पटक प्रतियोगिताको उपाधि उचालेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese