no comments

खेलकुदका संरचना बनाउन खेलकुद सस्था पनि लाग्नु पर्दछ – सदस्य सचिव शिलवाल

पोखरा, २५ पुस / राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालले राखेपलेमात्र खेलकुदका संरचनाका संरचनाहरु बनाउन नसक्ने भन्दै पब्लिक प्राइभेट पार्टनरसीप आधारमा संरचना बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले आफूहरुले मात्र स्रोत खोज्न नसक्ने भन्दै खेलकुदको समग्र विकासलाई आर्थिक विकाससँग जोड्न योजनामा गए खेल दिगो बन्ने बताए ।

नेपाल तेक्वान्दो संघको वार्षिक साधारणसभाको शनिबार पोखरामा उद्घाटन गर्दै सदस्य सचिव सिलवालले खेलको विकासका लागि जति धेरै मानिसलाई समेट्न सक्यो, त्यति अपनत्व हुने भएकोले खेल क्षेत्रको विकास हुने बताए ।

तेक्वान्दो संघको विवाद मिलाउन दुवै संघबाट विवाद समाधान समितिमार्फत एक हुनुपर्ने सुझाव दिए । संघ टुटेर नभै गाभिएर ठूलो हुनुपर्ने उनको जोड छ ।

संघका अध्यक्ष प्रकाशशमशेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष भोजबहाुदर शाह, सचिव दीपराज गुरुङ, गण्डकी अध्यक्ष जगन गुरुङ लगायतले बोलेका थिए ।

साधारणसभाले संघले दोलखाको सैलुङमा निर्माण गर्ने हाई अल्टिच्यूट ट्रेनिङ सेन्टरको योजना पारित गरेको छ । सोको लागि सैलुङ गाउँपालिकाले ५ रोपनी जग्गा उपलब्ध गराएको जनाइएको छ ।

२२ सय देखि २५ सय मिटर उचाइमा बन्ने सो सेन्टर चाँडै नै शिलान्यास गरिने संघ अध्यक्ष राणाले जानकारी दिए ।
संघले आगामी रणनीति र हालका गतिविधिका बारेमा समीक्षा गरेको छ । साधारणसभामा संघका सातै प्रदेशका प्रतिनिधिको सहभागिता थियो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese