no comments

सन्दीप लामिछानेलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ, १३ मंसिर/ नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले आफूलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

गत बुधबारबाट कोरोनाको लक्षण देखिएको बताउँदै सन्दीपले कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि आफू सेल्फ आइसोलेनमा बसेको जनाएका छन् ।

आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र आफू चाँडै मैदान फर्कने सन्दीपले विश्वास लिएका छन् । यसअघि नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल सहित अन्यलाई कोरोना संक्रमित भएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese