no comments

पोखरामा खेलकुद पूर्वाधारलाई बजेट अभाव हुदैन–प्रधानमन्त्री ओली

पोखरा, १७ फागुन/ प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधिन खेलकुदका पूर्वाधारको लागि बजेट अभाव हुन नदिने बताएका छन् ।

पोखरा रंगशाला निरिक्षण गर्दै खेलकुदका भौतिक पूर्वाधार निर्माण गर्न सरकार दृढ रहेको उल्लेख गरे । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरिने छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पोखरामा स्वीमिङ पुल (पौडी पोखरी)र सुटिङ रेन्ज निर्माण गर्नुपर्ने खाँचो छ ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पौडी पोखरी निर्माण गर्नेमा सरकारको ध्यान केन्द्रीत भएको जनाए । ‘पूर्वाधार बनाउनुपर्छ ।’ प्रधानमन्त्रीले ओलीले भने–‘आवश्यक बजेटको अभाव हुदैन् ।’

१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताको लागि पोखरा रंगशालामा आधुनिक प्यारापिटसहितको फुटबल मैदान निर्माणाधिन अवस्थामा छ । कोभिडकै कारण पटक पटक म्याद थप हुदै आएको छ । निर्माणको गति पनि सुस्त छ ।

‘पूर्वाधार पुरा हुनेमा संकोच मान्नुपर्दैन् ।’ उनको भनाई थियो । पूर्वाधारको लागि प्रदेश सरकार तथा स्थानीय तहले समेत अग्रसरता देखाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्रीको सम्बोधन अघि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा रंगशालाको गुरुयोजनासहित निर्माण भएको भौतिक पूर्वाधारको विषयमा जानकारी गराएका थिए ।

सदस्य सचिव सिलवालले पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पौडी पोखरी र सुटिङ रेन्ज बनाउन आवश्यक टेण्डर प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese