no comments

पोखरामा थप २६ जनामा कोरोना संक्रमण

पोखरा, १९ असोज / गण्डकी प्रदेशमा सोमबार थप २७ जनामा कोरोना संक्रमित थपिएका छन् । कास्कीको पोखरा महानगरपालिकामा २६ र नवलपुरको मध्यबिन्दुमा १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा ४ हजार २ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरामा सोमबार कोरोना देखिएका ४ जना महिला छन् भने २२ जना पुरुष रहेका छन् ।

पोखरा महानगरपालिका १४ का ५१ बर्षीय पुरुष फेवासिटी अस्पतालमा उपचाररत छन् भने पोखरा महानगरपालिका १४ का २२ बर्षीय पुरुष दुबईबाट र वडा नम्बर १३ का ३६ बर्षीय महिला, १९ का ५५ बर्षीय पुरुष, १० का ६४ बर्षीय पुरुष भारतबाट आएका हुन् ।

त्यसै गरी पोखरा महानगरपालिका १२ का ३६ बर्षीय पुरुष पशुपन्छी तथा मत्स्य विकास निर्देशानलय, पोखरामा कार्यरत चिकित्सक हुन् । अन्य सबैजना कन्ट्याक्ट टे«सिङबाट पहिचान भएका हुने ।

यो सगँ कास्कीमा १ हजार ४९ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ सय ९९ जना निको भएर घर फर्किएका छन् । अहिले ६ सय ३९ जना आइसोलेसनमा छन् । कास्कीमा अहिले सम्म ११ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म २ हजार ८ सय ३८ जना निको भएर घर फर्किएका छन् भने ३४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese