no comments

स्याङ्जामा १४ युवा कांग्रेसमा प्रवेश

स्याङ्जा,२२ साउन/ युवा संघका जिल्ला सदस्य सहित स्याङ्जामा १४ जना युवा कांग्रेसमा प्रवेश गरेका छन् । सत्तारुढ दल नेकपा परीत्याग गरी राष्ट्रिय युवा संघ स्याङ्जा जिल्ला सदस्य बिक्रम पोखरेल सहितका युवा बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् ।

पुतलीबजार नगरपालिका वडा नंम्बर ४ निवासी पोखरेलसहित घनस्याम गौतम, शिव थापा लगायतका युवालाई संविधान सभा सदस्य राजु थापा , नेपाली कांग्रेस स्याङ्जाका सभापति कुमार राना लगायतका कांग्रेसका नेताले एक कार्यक्रमका बिच पार्टीमा स्वागत गरे ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै संविधान शभा सदस्य थापाले हरेक नेपालीहरु अब राजनैतिक रुपमा सचेत रहनु जरुरी भएको उल्लेख गर्दै नेपाली कांग्रेसको नेतृत्वबिना मुलुकको बिकास असम्भव रहेको दावी गरे ।

उनले नेकपा नेतृत्वको वर्तमा सरकारको कार्यशैलीबाट आम नेपाली निराश हुनपरेको टीप्पणी गरेका नेता थापाले कम्युनिष्ट पार्टीको असली रुपका कारण नेपाल सम्बृद्ध हुन नसक्ने ठोकुवा पनि गरे ।

कोरोना नियन्त्रणका लागि सरकार गम्भीर हुन नसकेको दावी गर्दै उनले सरकारका मन्त्री र स्वंयम प्रधानमन्त्री समेत भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए । कार्यक्रममा पार्टीमा प्रवेश गरेका बिक्रम पोखरेल सहितका युवाहरुले कम्युनिष्ट नेताहरु मुखले जनताको हितकारी पार्टीका रुपमा नेकपालाई चिनाउन खोजेपनि यर्थार्थमा त्यो भ्रम भएको बताएका थिए ।

मुलुकको बिकास र आम नेपालीबिच समान न्याय दिलाउने पार्टी कांग्रेस नै भएको ठहर गर्दै आफुहरु नेकपा छाडेर कांग्रेस प्रवेश बताएको नेपाली कांग्रेस स्याङ्जा पोखरा सम्पर्क समाजका महासचिव ध्रुुर्बबन्धु पोखरेलले जानकारी दिएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese