no comments

संसाद बरालको पहलमा तीन दिन पछि खानेपानी उपलब्ध

पोखरा १९, असोज/ गण्डकी प्रदेशका सांसद रामजी बराल (जीवन) को पहलमा पोखरा ८, सृजनाचोक स्थित शिवालयमार्गमा तीन दीन पछि खानेपानी उपलब्ध भएको छ ।

नाला विस्तारको क्रममा तीन दिन देखि खानेपानीको पाइप समेत अस्त व्यबस्त ढंगले फाले पछि खानेपानी समस्या भए पश्चात सांसद बरालको पहलमा आज साँझ ५ः०० बजे देखि पानी उपलब्ध भएको सृजनामार्ग टोल विकास संस्थाका अध्यक्ष गोविन्द गिरीले बताए ।

उनले भने “नाला विस्तारको क्रममा ठेकदारले जथभावी रुपमा खानेपानीको पाइप समेत फालेकोले केही दिन देखि पानीको समस्या भएको कुरा खानेपानी संस्थान, वडा कार्यालयमा समेत जानकारी गराउदा कुनै सुनुवाई नभए पछि सांसद बराल समक्ष हामीले पानी उपलब्ध गराउन माग गरेका हौं । ”

सांसद बरालले नेपाल खानेपानी संस्थान पोखरा कार्यालय, प्रदेश अन्र्तगतको पुर्वाधार विकास कार्यालय कास्की, सम्बन्धि ठेकदार कम्पनी युग विल्डरका प्रमुख एवं प्रतिनिधिहरुलाई खानेपानी समस्या बारे जानकारी गराउदै तत्काल पानी उपलब्ध गराउन माग गरेका थिए ।

तीन दिन पछि खानेपानी उपलब्ध भए पछि आफुहरु निकै खुसि भएको संस्थाका कोषाध्यक्ष पूर्ण ताम्राकारले बताए । ठेकदार कम्पनीले अर्को व्यक्तिलाई उक्त क्षेत्रमा नाला खन्न लगाएकोले गर्दा खानेपानी समस्या उत्पन्न भएको पुर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दीनेश घिमिरेले बताए ।

आफुहरु सहितको टोलीले फिल्डभिजिट गरी ठेकदार कम्पनीलाई तत्काल खानेपानी जडान गर्न निर्देशन दिएको उनले जनाए । पोखरा शिवालयमार्गमा खानेपानी समस्या हुँदा करिब ७० घर परिवार प्रभावित भएको उनले जनाए ।

TechSansar.com - Technology Navigator website for Nepalese