no comments

देशलाई निकास दिन काग्रेसको नेतृत्वमा चुनावी सरकार- कांग्रेस नेता डा कोईराला

पोखरा, ३० चैत्र/ नेपाली काग्रेसका केन्दिय सदस्य डा शेखर कोईरालाले देशलाई निकास दिन काग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु पर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कास्कीले पोखरा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोईरालाले संसदलाई काम नदिएर अनिर्णयको बन्दी बनाउने ओली सरकारलाई अब धेरै दिन राख्न नहुने बताए । उनले आगामी मंसिर वा चैत्र महिना भित्र निर्वाचन गराउने गरी सवैदलको सरकार गठन हुनु पर्ने समेत बताए ।

उनले नेकपा भित्रको विदादले नेपालको राजनैतीमा अस्थीरता आएको बताउदै अहिले एमाले भित्रको गुटको असर संसद र सरकारमा परेको उल्लेख गरे ।

नेता डा कोईराले माओवादी केन्द«ले सरकारको समर्थन फिर्ता नलिनु र मधेस वादी दलले सरकार गठनमा निर्णय नगर्दा ढिलाई भएको बताए । उनले अब छिटै निर्णय लिएर संसद र सरकारलाई बाटो खोलिदीनु पर्ने उनको भनाई छ ।

उनले ओली सरकार जति समय रहन्छ उतीनै देशमा अराजकता बढने दावी समेत गरे । अहिलेको मिसन ओली सरकार हटाउने हो । कस्को नेतृत्व हुन्छ भन्ने कुरा पछि छलफल गरेपनि हुन्छ । मलाई त राख्छ महन्त ठाकुरको नेतृत्वमा सरकार बनाउदाँ पनि काग्रेसलाई फरक पर्दैन ।

नेता कोईरालाले प्रधानमन्त्री ओलीमा राजनैतीक नैतिकता नभएकाले नै सरकारको विकल्प खोज्नु परेकोमा जोड दिए । नेपाली काग्रेसको महाधिवेसनको बारेमा बोल्दै नेता डा कोईरालाले भदौ भित्र महाधिवेशन हुनै पर्ने बताउदै सभापती बाहेक अन्य पदमा आफुले उमेद्वारी नदिने बताए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese