no comments

नेपाली कांग्रेस गण्डकी प्रदेश सचिवमा प्रकाश बराल चयन

पोखरा, १० माघ/ नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यलयको सचिव पदमा प्रकाश बराल नियुक्त भएका छन् ।

नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट प्रदेश प्रतिनिधिका रुपमा चुनिएका बराललाई आइतवार प्रदेश सभापति शुक्रराज शर्माले पदभार ग्रहण गराएका हुन् ।

बरालले नेपाली कांगे्रस प्रदेश कार्यलयमा प्रशासनिक प्रमुखको काम गर्ने छन् । बरालले यसभन्दा पहिले कास्की क्षेत्र नम्वर ३ को सभापतिको रुपमा काम गरिसकेका छन् ।

उनले प्रदेश तहमा प्रशासनिक आर्थिक तथा व्यवहारीक रुपमा अनुशासन कायम गर्दै कार्य संचालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese