no comments

पोखराबाट नेपाल प्रतिविम्ब पार्टीको घोषणा

पोखरा, १५ साउन / शिक्षा र सुरक्षामा विशेष जोड दिने उद्धेश्यका साथ पोखरामा बिहीबार नयाँ दलको घोषणा गरिएको छ । नेपाल प्रतिविम्ब पार्टीको संयोजकमा युवा नेता नारायणप्रसाद कोइराला रहेका छन् ।

संवैधानिक रातन्त्रका विषयमा जनमत संग्रह गरी यो मुद्दाले जितेमा हृदयेन्द्र शाहलाई आलांकारिक राज्य प्रमुख बनाउने र देशमा प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्री बनाई कार्यकारिणी अधिकार प्रधानमन्त्रीमा नै निहित राख्ने अर्को महत्वपूर्ण विषय समेत कार्यक्रममा घोषणा गरियो ।

सिट संख्या तर्फ प्रतिनिधि सभा सदस्य १३४, प्रादेशिक सभामा २०५ र राष्ट्रिय सभा ४५ गरी जम्मा सांसदसंख्या ३८४ मात्र कायम गर्ने विषय पनि रहेको छ । समानान्तररूपमा यसरी घटाइएको सेवा सुविधाबाट बचत हुने रकमले अन्तर्राष्ट्रिय स्तरका दक्ष प्राविधिकहरु झिकाई सम्बन्धित प्राविधिक क्षेत्रमा परिचालन गर्ने र सरकारले गरेका विकास निर्माणका कार्यहरुको स्वतन्त्र आयोगमार्फत् वर्षेनी मुल्यांकन गरी त्यसको विवरण सार्वजनिक गर्ने योजना पनि रहेको छ ।

देशभर आधारभूत तहमा अध्ययन गर्ने बालबालिकाको संख्या ६६ लाख रहेको र ती मध्ये २३।१ प्रतिशत बालबालिकाहरु गरिबीका कारण बालश्रमिकको रुपमा काम गर्न बाध्य भएको स्मरण गराउँदै उक्त दलले यसबाट उनीहरुको विद्यालयमा पढ्न पाउने आधारभूत अधिकार समेत कुण्ठित भएको कार्यक्रममा सुनाएको थियो ।

ती बालबालिकाहरुलाई विद्यालय पठाउनुका साथै बालश्रम निर्मुल गर्ने प्रयासस्वरुप लक्षित बालबालिकाहरुलाई मासिक तीन हजार रुपैयाँ बालशिक्षा भत्ता उपलब्ध गराउने व्यवहारिक सहयोगको समेत सो अवसरमा घोषणा गरियो ।

देशमा शारीरिक र बौद्धिक रुपमा फरक क्षमता भएका बालबालिकाको संख्या १ लाख ७० हजार रहेको छ र उनीहरुको लागि जीवनोपयोगी शैक्षिक कार्यक्रम तर्जुमा गर्ने र स्वरोजगार बनाउन प्राविधिमैत्री व्यावसायिक तालिम प्रदान गर्ने विषयलाई पनि दलले उल्लेख गरेको छ ।

म सिपयुक्त र शिक्षित नागरिक, मेरो सुन्दर नेपाल नारा सहित शिक्षा क्षेत्रमा आवश्यक सुधार गरी देशमै योग्य जनशक्तिको निर्माण गर्ने विषय पनि समेटिएको छ । प्राविधिक विषयमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उच्चशिक्षाका लागि निब्र्याजी ऋण उपलब्ध गराउने योजना पनि रहेको छ ।

विद्यालयहरुलाई प्रविधीमैत्री बनाई, विद्युतीय सिकाई प्रणाली ९इलर्निङ० लाई शिक्षा नीतिमा समावेश गर्ने र आधारभूत तहदेखि नै शिक्षा आयोग मार्फत् दक्ष शिक्षकहरुबाट सूचना र प्रविधीमैत्री अध्यापन प्रणालीलाई जोड दिने सो अवसरमा घोषणा गरियो ।

संयोजक कोइरालाले दलको अन्तिम घोषणापत्र, विधान र तदर्थ समिति समेत निर्माण गर्न बाँकी रहेको जानकारी दिंदै सबैको साथ, सहयोग र सुझाव लिएर यो काम अगाडि बढाइने सुनाए । शिक्षा मार्फत् दक्ष जनशक्ति उत्पादन गर्ने र देश तथा विदेशमा विक्न सक्ने सीपयुक्त नागरिक उत्पादनमा दलको मुख्य जोड रहेको उनले सुनाए ।

कृषि प्रधान देश नेपालको ६६ प्रतिशत जनता कृषिमा निर्भर रहेता पनि देशको कुल जीडीपीमा २७ प्रतिशत मात्र कृषिको योगदान रहेको छ । तसर्थ कृषि प्रणालीमा सुधार ल्याउन कृषकको उचित मागहरु पुरा गर्दै आवश्यक स्रोत, साधन र शिक्षणमा ध्यान दिई कृषि औद्योगिकरणको माध्यमबाट आन्तरिक उत्पादन बृद्धि गर्दै देशलाई आत्मनिर्भर बनाउने उद्धेश्य पनि रहेको छ ।

यसैगरी मित्रराष्ट्र भारतसँग भएको महाकाली सन्धी अन्तर्गतको पञ्चेश्वर बहुउद्धेश्यीय आयोजना अन्तर्गतका मौजुदा समस्याको समाधान गर्ने र त्यहाँबाट उत्पादन हुने तीन हजार दुई सय मेगावाट विद्युत प्रतियुनिट ३ रुपैयाँमा नेपाली उपभोक्तालाई प्रदान गर्ने तथा यदि उक्त योजना अगाडि बढ्ने सम्भावना नदेखिएमा कार्यदिशामा स्पष्ट मार्ग निर्देशन हुने गरी सन्धी परिमार्जन, अन्यथा खारेज गर्ने योजना पनि उक्त दलको रहेको छ ।

सुरक्षा निकायलाई थप बिशिष्टिकिृत गर्दै उनिहरुको सेवा र सुविधाको स्तरमा उच्चतम वृद्धि गरी न्युनतम तलब पचास हजार रुपैयाँ बनाई सुरक्षा क्षेत्रलाई सशक्त एवंम निष्ठावान बनाउने योजना पनि दलको छ ।

नेपालमा रहेको पर्यटकीय सम्भावनाको उजागर गर्दै हिमाली क्षेत्रमा पर्यटकको आकर्षणका लागि विभिन्न उच्च हिमाल र सगरमाथा आधार शिविर सम्म आ–आफ्नै बिशेषता बोकेका केवलकार पर्यटनको बिकास गर्ने र यसका लागि आवश्यक अध्ययन र अनुसन्धान गरी उच्चस्तरीय पर्यटनको नीति ल्याउन विषय पनि समेटिएको छ । हिमाली क्षेत्रमा साहसिक स्कि खेलमा जोड दिने, अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्ने ९माइस० पर्यटनलाई प्राथमिकतामा राख्दै अन्य पूर्वाधारहरु विकास गरी पर्यटनलाई मूल उद्योगका रुपमा स्थापना गर्ने उद्धेश्य पनि दलको छ ।

कार्यक्रममा शिक्षा र गरिवीबारे विभिन्न तीन जिल्लाका चार गाउँलाई समेटेर बनाइएको वृत्तचित्र प्रदर्शन र गुरु मनोज भण्डारीले कविता वाचन गरेका थिए । कार्यक्रममा बी टू डीका कलाकारले सांस्कृतिक नृत्य र अ(कल्पद्वारा तयार पारिएको विभिन्न तीन नाटक पनि मंचन गरिएको थियो । पत्रकार सम्मेलन गरेर सम्पन्न भएको कार्यक्रम अघि दलको प्रतिबद्धतापत्र बनाउन मुख्य भूमिकामा रहेका निशान लामिछाने र सरोज तिवारीले पनि भनाई राखेका थिए । कार्यक्रमको संचालन मोडल शुभेक्च्छा खड्काले गरेकी थिइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese