no comments

पोखरामा बालकलाई यौन दुराचार गर्ने विदेशी नागरिक पक्राउ

पोखरा, ८ कात्तिक / कास्की प्रहरीले बालकहरुलाई यौन दुराचार गरेको आरोपमा एक विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका ६ लेकसाइडमा कोठा लिएर बसेका क्यानडेलि नागरिक रोबर्ट किङक्ले कोठामै वालकहरूमाथि यौन दुराचार गर्ने गरेको खुलेपछि पक्राउ परेको हो ।

५० वर्षीय रोबर्ट कोठामा आपत्तिजनक अवस्थामा १३ /१४ वर्ष उमेरका तीन जना बालकहरूसँग भेटिएपछि पक्राउ गरिएको कास्की प्रहरी प्रमुख, एसपी रमेश थापाले जानकारी दिए ।

बालकहरूसँगको सोधपुछका क्रममा रोबर्टले वालकहरूमाथि अप्राकृतिक मैथुन गर्दै आएको पाइएको एसपी थापाले बताए ।

बालकहरूसँग नग्न अवस्था मै पक्राउ परेका उनलाई अप्राकृतिक मैथुन र बालबालिका ऐन अन्तरगत मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको थापाले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese