no comments

पोखरामा ३ जना, गण्डकीमा १४ दिने नाबालकसहित ४२ जनामा कोरोना पुष्टि

पोखरा, १६ भदौ / गण्डकी प्रदेशमा मंगलबार १४ दिने नाबालक सहित थप ४२ जना कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् ।

लमजुङको बेसीशहरमा २६ नवलपुरको बिनयत्रिवेणी र देबचुलीमा १० जना, कास्कीको पोखरामा तीन जना, तनहुँ व्यास र भानुका दुई जना र बागलुङमा एक जना गरी थप ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

लमजुङका एकजना १४ दिनका नाबालक, एकजना जिल्ला अस्पतालका कर्मचारी, बैंकका कर्मचारी, प्रहरी र पत्रकारमा कोरोना पुष्टि भएको छ । उनीहरु सबैकै पहिचान कन्ट्याक्ट ट्रेसिङबाट भएको हो । लमजुङमा अहिले सम्म तीन जनामा कोरोना पुष्टि भईसकेको छ ।

त्यसै गरी पोखरामा कोरोना देखिएको एक जना पर्यटन व्यवसायी हुन् । उनको चरक मेमोरियल अस्पताल पोखरामा उपचार भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनी पनि कन्ट्याक्ट ट्रेसिङबाट आएका हुन् । अर्का पर्यटन व्यवसायीको काठमाडौको ग्रान्डी अस्पतालमा उपचार भईरहेको छ । पोखरा ७ का संक्रमित गरिमा विकास बैंक डुम्रे तनहुँ शाखामा कार्यरत रहेका शर्माले जानकारी दिए ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ८ पुगेको छ । गण्डकीमा अहिले सम्म १ हजार ६ सय ९५ जना निको भएर घर फर्किएका छन् भने १४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese