no comments

नेपाल औषधि व्यवसायी संघ गण्डकीको अध्यक्षमा कृष्णप्रसाद पाण्डे विजयी

पोखरा, १० फागुन/ नेपाल औषधि व्यवसायी संघ गण्डकी प्रदेशको प्रथम अधिबेशनले अध्यक्षमा कृष्णप्रसाद पाण्डे निर्वाचित भएका छन् ।

पाण्डेले ७२ मत प्राप्त गरे भने रामबहादुर केसी ३९, चिरञ्जवी श्रेष्ठले ११ मत प्राप्त गरे ।

समितिको बरिष्ठ उपाध्यक्षमा शिब केसी, उपाध्यक्षमा झलक शर्मा र दयानिधी पौडेल, महासचिबमा केसरीप्रसाद तिवारी, कोषाध्यक्षमा लक्ष्मि नारायण पराजुली, सचिबमा चेतनारायण पाण्डे र सहकोषाध्यक्षमा सुरेन्द्र कुमार अग्रवाल विजयी भए ।

सदस्यहरुमा डोलराज थापा, दामोधर भण्डारी, कमला भण्डारी, कृष्णप्रसाद भण्डारी, हरी शर्मा र महिला सदस्यमा धनदेवी प्रिया विजयी भए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese