no comments

नेपाल ठकुरी सगँम कास्कीको अध्यक्षमा शेर उच्चै

पोखरा, २६ फागुन/ नेपाल ठकुरी सगँम कास्कीकोे २५ औं साधारण सभा तथा नवौं अधिवेशनबाट शेर बहादुर उच्चै ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा याम बहादुर हमाल, द्धितिय उपाध्यक्षमा पुर्णवति शाहि, सचिव कृष्ण बहादुर चन्द, कोषाध्यक्ष देबेन्द्र बम मल्ल, सह सचिव कृष्ण बहादुर सिंह, सदस्यहरुमा नितु शाहि, शिमा शाहि, गया शाहि, मोहन प्रताब खाँण, जग राज चन्द, डाइमन हमाल, भुपेन्द्र खाँण, रुद्र बहादुर मल्ल र देबेन्द्र हमाल छन् ।

नव निर्वाचित अध्यक्ष शेर बहादुर उच्चैले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिदै ठकुरीको हकहित र एकतामा ध्यान दिने बताउनु भयो ।

उहाँल ठकुरीकोे हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै ठकुरीकोे गरिमा र उचाईलाई थप टेवा दिदैँ आर्थिक पारदर्शिता र सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो ।

कार्यक्रममा समाजका बरिष्ठ सल्लाहकार खड्ग बहादुर शाहिले ठकुरीकोे जात माग्न सम्पुर्ण ठकुरीहरुलाई अनुरोध गर्दै आफुहरुलाई देश वा प्रदेश होईन मात्र आफ्नो जात चाहिएको बताउनु भयो ।

निर्वाचन संयोजक ईश्वर हमालले निर्वाचन एक प्रजातान्त्रिक पद्घति भएकोले जसले जिते पनि ठकुरी संगम परिवार कास्कीले जितेको सोचेर सबै मिली अघि बढ्न सुझाव दिनुभयो ।

अध्यक्ष शेर बहादुर उच्चै, द्धितिय उपाध्यक्षमा पुर्णवति शाहि र सचिव कृष्ण बहादुर चन्द निर्वाचनबाट र अरु सर्वसम्मत भएका हुन् ।

सभामा नेपाल ठकुरी महासंघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर शाही, सल्लाहकार दुर्गा बहादुर शाह, जिल्ला प्रशासन कार्यालय लमजुङ्गका सहायक अधिकृत अनिल कुमार शाहि, दर्शन बचत तथा ऋण सहकारीका अध्यक्ष बिष्णु उच्चै, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले शुकामना व्यक्त गरेका थिए ।

निर्वाचन संयोजक ईश्वरी हमालले नवनिर्वाचित टिमलाई सपथ गराउनु भएको थियो ।

 

TechSansar.com - Technology Navigator website for Nepalese