no comments

फेन्सी तथा रेडिमेड व्यवसाय संघको रक्तदान कार्यक्रम

मंसिर २० पोखरा / फेन्सी तथा रेडिमेड व्यवसाय संघले सामाजिक उतरदायित्व अन्तरगत रक्तदान कार्यक्रममा सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा ३२ युनिट रगत सकंलन भएको छ ।

कार्यक्रममा पहिलो रक्तदाता माधव प्रसाद सिग्देललाई फेन्सी तथा रेडिमेड व्यवसाय संघका अध्यक्ष प्रदिप कुमार मुल्मीले व्लड व्याग हस्तान्त्रण गरेर कार्यक्रमको सुभारम्भ गरेका थिए ।

फेन्सी तथा रेडिमेड व्यवसाय संघका अध्यक्ष प्रदिप कुमार मुल्मीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य फेन्सी तथा रेडिमेड ब्यवसाय संघका प्रथम उपाध्यक्ष राजु पौडेलले गरेका थिए भने कार्यक्रममा द्दितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक एकनारायण पनेरु संघका संस्थापक अध्यक्ष कमलनाथ कुँवर पुर्व अध्यक्ष गिरीधारी अधिकारी संघका कानुनी सल्लाहकार जगनाथ ढकाल संघका निर्वतमान अध्यक्ष केशव वहादुर खत्री रक्त सन्चार केन्द्रका महेन्द्र के.सी लगाएतले रगतको महत्व र फेन्सी तथा रेडिमेड व्यवसाय संघले सामाजिक उतरदायित्व अन्तरगत रक्तदान कार्यक्रम आयोजना गरेकोमा धन्यवाद प्रकट गरेका थिए ।

कार्यक्रम सन्चालन संघका महासचिव यादव पोखरेलले गरेका थिए । कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुलाई प्रमाण पत्र प्रदान गरीएको थियो । कार्यक्रममा रक्त संचार केन्द्र पोखराको प्राविधिक टोलिले आवस्यक सामाग्री सहीत विषेष सयोग गरेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese