no comments

ट्रेकिंङ सहयोगी मजदुरलाई टान पोखराको राहत बितरण

पोखरा, १७ असार/ कोभिड– १९ का कारण नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभाबित भै पदयात्रामा आश्रीत श्रमजिवी मजदुरहरु रोजगार बिहिन हुन पुगेका छन् ।

पर्यटकिय सिजनहरुमा पर्यटकको भारि बोकी उच्च हिमाली क्षेत्रहरुमा पदयात्रा सहयोगीको रुपमा काम गरेर जिवीकोपार्जन गर्ने गरेका मजदुरहरु, पर्यटनको शुन्य गतिबिधी संगै आर्थिक संकटमा परेका छन् ।

बिपन्न बर्गका त्यस्ता पदयात्रा मजदुरहरुलाई टान पश्चिमान्चल पोखराको सकृयतामा राहत रकम बितरण गरिएको छ । ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान), पश्चिमान्चल क्षेत्रीय संघ पोखराको आयोजना तथा टान केन्द्रका अध्यक्ष खुम बहादुर सुबेदीको समन्वय र हङकङ स्थित मिक्स एन्ड म्याच कम्युनिटी एवम् अध्यक्ष दिननाथ बगालेको आर्थिक सहयोगमा सहयोग गरेको हो ।

लकडाउनबाट प्रभावीत पदयात्रा सहयोगी मजदुरहरुको सहयोगार्थ राहत स्वरुप जनही पाँच हजार रुपैयाँको दरले ७७ जना ट्रेकिंङ सहयोगी मजदुरहरुलाई तीन लाख पचासि हजार राहत रकम बितरण गरिएको हो । टान पश्चिमान्चलका द्धितिय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कृष्ण आचार्यले हालको अवस्थामा पदयात्रा मजदुरहरुलाई राहत बितरण अति आवश्यक भएको तर्फ जोड दिए । उनले विभिन्न संघसंस्था सँगको सहकार्यमा टानले, दोस्रो लहरको बर्तमानको निशेधाज्ञाका अति प्रभावित बिपन्न पदयात्रा सहयोगी मजदुरहरुको राहतको लागी यो कार्यक्रम गरिएको बताए ।

संस्थाका निबर्तमान अध्यक्ष हरी भुजेलले राहत बितरण को शुभारम्भ गरेका थिए भने कार्यसमितीका पदाधिकारी लगायतले राहत रकम बितरण गरे। टान पश्चिमान्चलका अध्यक्ष सुशिलराज पौडेलले राहत बितरण माथि प्रकाश पार्दै बिभिन्न जिल्लाबाट आएर पोखरालाई कर्मथलो बनाई परिवारको साथ घरभाडामा बसिरहेका पदयात्रा मजदुरहरु को लागी यो तत्कालको अत्यावस्यक राहत मात्र हो ।

बिषम परिस्थिती मा रहेका श्रमजीबी का परिवारहरुलाई तत्कालको आवस्यकता पुर्तिका लागी राहत बितरण गरि खुसी ल्याउन पाउनु सुखद क्षण हो भने नेपालका पदयात्रा पर्यटनका श्रमीकहरुले राहत मागेर खान पर्ने अवस्था आईपर्नु अत्यन्त मार्मिक र पिडादायी बनेको बताए ।

उनले सधैं भरि यसरी राहत मात्र बितरण र ग्रहण नै समस्याको समाधान पक्कै पनि होईन भन्दै पदयात्रा पर्यटनले गति लिएर लयमा नफर्कदासम्म श्रमीकहरुको लागी अल्पकालिन र दिर्घकालिन रोजगार सृजनाका कार्यक्रमहरु ल्याएर यथाशिघ्र कार्यान्वयन गराई मजदुरहरुको समस्या समाधान गर्नका लागी नेपाल सरकार लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका थिए ।

पोखरा ६, शान्तिपाटनस्थित टानको सचिबालयमा स्वास्थ्य मापदन्डको पुर्ण पालना सो राहत रकम वितरण गरिएको हो । कार्यक्रमको सन्चालन टान पश्चिमान्चलका सहसचिव रेशम अधिकारीले गरेका थिए । गत महिना, टान पश्चिमान्चलले १३० जना अति बिपन्न पदयात्रा मजदुर, गाईड र सहयोगीलाई राहत स्वरुप खाधान्न सामाग्री बितरण गरेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese