no comments

रुपा गाउँ पालिकाको स्थापना दिवसमा खेलकुद, साहित्तिक र सास्कृतिक कार्यक्रम

पोखरा, १४ पोखरा/ कास्कीको रुपा गाँउपालीकाले स्थापन दिवसको अवसरमा खेलकुद, साहित्य र सास्कृतक कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरि गाँउपालिकाले फागुन २३ गते चौँथो स्थापना दिवसको अवसरमा बिधि कार्यक्रम गर्ने मनाउन लागेको गाँउपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।

रुपाको पहिचानः सबै क्षेत्रमा समृद्धिको अभियान भन्ने मुल नारा लिएको रुपाले दिवशको अवसरमा सांस्कृतिक, खेलकुद, साहित्तिक कार्यक्रम गर्न लागेको ओझाले बताए ।

उनले गाँउपालिका भित्रका स्रष्टा सम्मान, पालिकाबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिने बताए । उनीहरुलाई १५ हजार १ सय १ रुपैया र दोसल्लाले सम्मान गरिने गाँउपालिकाका प्रवक्ता टेक बहादुर गुरुङले जानकारी दिए ।

त्यस्तै गत वर्षमा जस्तै यस वर्ष पनि अध्यक्ष कप भलिवल प्रतियोगिता २०७७, वडा स्तरिय झाँकी प्रदर्शन प्रतियोगिता, फुल र दुबोको माला प्रतियोगिता आयोजना गरिएको गुरुङले बताए ।

खुल्ला भलिबल प्रतियोगितामा उपाधि बिजेतालाई ८० हजार, उपबिजेतालाई ६० हजार, तृतीय हुनेलाई ४० हजार र सान्त्वना स्थान प्राप्त गर्नेलाई ३० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार तथा उत्कृष्ट बेस्ट स्पाइक, बेस्ट सर्भर, बेस्ट ब्लकर, बेस्ट सेटर, बेस्ट लिब्रोलाई ३ हजार तथा अनुशासित टीमलाई मायाको चिनो प्रदान गरिने अध्यक्ष ओझाले बताए ।

झाँकी प्रदर्शन तर्फ प्रथम हुनेले ३५ हजार, द्धितिय हुनेले २० हजार र तृतिय हुने टिमले १५ हजार नगद प्राप्त गर्ने छन् । कम्तिमा ३० जना झाँकीमा सहभागी हुनुपर्ने छ, भने सहभागी सबै समूले ७ हजार पुरस्कार पाउने छन् ।

त्यस्तै माला प्रतियोगितामा प्रथम हुनेले ४ हजार, द्धितिय हुनले ३ हजार र तृतिय हुनेले २ हजार नगद पुरस्कार पाउने छन् ।

 

TechSansar.com - Technology Navigator website for Nepalese