no comments

टान पोखराको नयाँ कार्यसमिति चयन, उपाध्यक्षमा पन्थी र आचार्य

पोखरा, १९ कात्तिक / ट्रेकिङ एजेन्सिज एशोसियसन अफ (टान) पश्चिमाञ्चल पोखराको अध्यक्षमा सुशील पौडेल सर्वसम्मत चयन भएका छन् ।

टान पश्चिमाञ्चलको बुधबार भएको सोह्रौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र द्वितीय उपाध्यक्षमा कृष्ण आचार्य निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा मिलन तिवारी निर्विरोध चयन भएका छन् भने सहसचिवमा रेशम अधिकारी र कोषाध्यक्षमा किसमकुमारी गुरुङ चयन भएका छन् ।

अधिवेशनले सदस्यमा दीपक सापकोटा, अनिल थापा, मोहन सुवेदी, गोपाल संग्रौला, लक्ष्मी कोईराला र विकास गुरुङ चयन गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese