no comments

पोखरामा अर्को बन्जीजम्प, नयाँ वर्ष देखी सञ्चालनमा

पोखरा, ३१ चैत/  पोखरा घुम्न आउनेहरुको लागि थप एउटा साहसिक गन्तव्य थप भएको छ । बन्जी नेपाल एड्भेन्चर्स प्रालिले नयाँ वर्षको सुरुवातसँगै पोखरा–१७, रातोपैह्रामा बन्जीको सञ्चालन गर्न लागेको हो । जसको सफल परीक्षण भइसकेको बन्जीस्थलमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

पोखरा बन्जी जम्पको पनि हब बन्दै गएको छ । ८ करोड २५ लाख रुपैयाँ लगानीमा बन्जी जम्प संचालनमा आएको कम्पनीका अध्यक्ष सन्तोष भट्टराईले जानकारी दिए । क्यान्टिलिभर ब्रिजको डिजाइनमा निर्माण गरिएको बन्जी ३५ मिटर अग्लो टावरको फेदबाट जम्पका लागि ५५ मिटर लामो प्लेटफर्म निर्माण उनले बताए ।

सेती नदीको खोंचमा बनेको र फराकिलो हिमश्रृंखला हेर्दै जम्प गर्न पाइने भएकोले यसको थप आकर्षण रहेको कम्पनीको दाबी छ । पोखराका युवा व्यवसायी भट्टराई सहित कम्पनीमा राजु कँुवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल, कल्पना पौडेल, भूपालबहादुर बराल क्षेत्रीको संयुक्त लगानी रहेको छ ।

बन्जीको २ प्लेटफर्म नदीदेखि १०१ र १०५ मिटरमा रहेको कम्पनी अध्यक्ष सन्तोष भट्टराईले बताए । चीनमा रहेको विश्वकै अग्लो बन्जी जम्प जस्तै गो बन्जीकै फ्रेन्चाइजका रुपमा नेपालमा बिस्तार गरिएको बताइएको छ । बन्जी गर्दा उद्घाटन अफरमा ४ हजार ५ सय पर्ने पछि ६ हजार पुग्ने उनले बताए ।

बन्जी परिसरमा रेन्टुरेन्ट तथा कफी सप समेत संचालनमा आइसकेका छन् । दैनिक ४० जनासम्म बन्जी गर्न सक्ने क्षमता रहेको र नियमित रुपमा संचालन भए ५ वर्षभित्र लगानी उठाउन सकिने कम्पनीले जनाएको छ । पोखरा–२५ हेमजामा ५ वर्षअघि जिप फ्लाएर कम्पनीले बन्जी जम्प संचालन गरिसकेको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese