no comments

गण्डकी प्रदेशमा थप १४ जनामा कोरोना संक्रमण

पोखरा, ३ भदौ / गण्डकी प्रदेशमा बुधबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवन र क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणमा नवलपुर र तनहुँका १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

नवलपुर १२ जना र तनहुँमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नवलपुरको कावासोतीका ६ जना पुरुष, गैंडाकोटका २ महिला र २ पुरुष, हुम्सेकोट, देबचुली तनहुँ शुक्लागण्डकी र व्यासका १/१ जनामा पुरुष कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सगँ गण्डकी प्रदेशमा १ हजार ७ सय ७९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये १ हजार ५ सय ५९ जना निको भएर घरफर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese