no comments

सांसद तथा उद्योगपछि सूर्यबहादुर केसीको अन्येष्टि

पोखरा, १८ कात्तिक / नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसी सोमबार राति निधन भए पछि मंगलबार बिहान अन्येष्टि गरिएको छ । विगत लामो समयदेखि सुगर र प्रेसरबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । पोखरा शान्तिघाटमा मङ्गलबार हिन्दू संस्कार अनुसार अत्येष्टि गरिएको हो । उनका एक श्रीमती र तीन छोरा छन् ।

पोखरा ७ एयरपोर्टस्थित केसी निवासमा नेपाली काँग्रेसका नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की काँग्रेसका सभापति कृष्ण केसी, पूर्व मन्त्री यज्ञबहादुर थापा लगाएतले पार्टीको चार तारे झण्डा ओढाएका थिए ।

स्वर्गीय केसीप्रति श्रद्वाञ्जली अर्पण गर्न काँग्रेससहित विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता, आफन्त, शुभेच्छुकहरु उल्लेख्य उपस्थिती रहेको थियो । उनले राजनितीमा प्रधानपञ्चदेखि प्रतिनिधिसभा सदस्य सम्मको राजनीतिक यात्रा गरे । उनले २०४३ सालमा २७ वर्षमा उनी नगरपञ्चायतको प्रधानपञ्च बने । केसी नगरपञ्चायत हुदाँ उपपञ्चायत तिर्थ श्रेष्ठ थिए । केसीलाई श्रेष्ठ यसरी सम्झन्छन् ।

उनी प्रधानपञ्च हुदाँ पोखराको महेन्द्रपुलको पुल बनाउने काम देखि धेरै नै काम गरेको श्रेष्ठ बनाउ छन् । उनी विकास र शिक्षा प्रेमी थिए । पोखरामा सामुदायीक क्याम्पसको स्थापना गर्नपनि उनले योगदान दिएको उनी बताउ छन् ।

उनी एक सफल उद्योगी पनि हुन् । जसले पोखरामै उद्योग खोले, जुन दक्षिण एसियाकै पहिलो चाउचाउ समेत हो । केसीले सन् २००५ मा हाइड्रोपावर क्षेत्रमा लगानी गरेका थिए । ४.८ मेगावाटको गण्डकी हाइड्रोपावरबाट सुरु गरेर १ मेगावाटको टास्क हाइड्रोपवार, १३ मेगावाटको सिकलेस हाइड्रोपावर, ४.५ मेगावाटको भगवती हाइड्रोपावरमा लगानी गरेका छन् ।

अप्पर मादी, अप्पर सेती, विजयपुर–२ जलविद्युत आयोजनामा समेत उनी सहितको टिमले लागनीमा निमार्ण भइरहेको छ । केसी गु्रपअन्तर्गत हिमालयन गल्फ कोर्स, केसी हाउजिङ्ग, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट, नेपाल इन्जिनियरिङ्ग कलेज, कालिका मल्टिप्रपोज कलेजमा लगानी छ । सूर्यबहादुरले पोखरालाई नै आधार मानेर राष्ट्रिय स्तरको बाणिज्य बैंक माछापुच्छ्रे बैंकलाई स्थापना गरेका थिए ।

TechSansar.com - Technology Navigator website for Nepalese