no comments

कोरोना नियन्त्रणमा सरकारी प्रयास सन्तोषजनक अध्यक्ष तिमिल्सिना, दुर्गाको पुस्ताक विमोचन

पोखरा, २६ मंसिर/ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कोरोना नियन्त्रणका लागि साधन स्रोतमात्र नभई सतर्कता जरुरी रहेको बताएका छन् ।

उनले कोभिड–१९ नियन्त्रणमा ठूला र धनी राष्ट्रलाई समेत हम्मेहम्मे परेको अवस्थामा नेपालजस्तो गरीब मुलुकले जे–जति नियन्त्रण प्रयास गरेको छ, त्यो सन्तोषजनक रहेका बताएका छन् ।

उनले भने, ‘अमेरिकामा मृत्युदर बढ्यो जब कि अमेरिका साधनस्रोत सम्पन्न मुलुक हो । त्यहीँ मानिसको मृत्युदर विश्वमै सबैभन्दा बढी देखियो ।’

पत्रकार दुर्गा अधिकारीद्वारा लिखित ‘समाज, सञ्चार र राजनीति’ विषयक लेख संग्रह शुक्रबार पोखरामा विमोचन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भौतिक दूरी कायम र स्वास्थ्य सचेतना कायम गरी दैनिक जनजीवन सहज बनाउँदै जानु अहिलेको आवश्यकता हो ।

राजनीतिमा कुनै व्यक्तिले गल्ती ग¥यो भन्दैमा सबै जनप्रतिनिधिलाई दोषारोपण गर्न नहुने उल्लेख गर्दै उनले भने, केही

व्यक्तिले खराब गरे भन्दैमा सबै राजनीतिकर्मी खराबै हुन् भनी संचारजगतले समाचार प्रकासन प्रसारण गर्नु हुँदैन ।’ उनले महिलाहरुलाई आरक्षण नभई खुला प्रतिष्पर्धात्मक तवरबाट नेतृत्वका लागि दाबी गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लेखक दुर्गा अधिकारी, पत्रकार केशवशरण लामिछाने लगायतले बोलेका थिए ।

पुस्तकमा राजनीति, महिला अधिकार, सञ्चाजगत्, समसामयिक घटनाक्रम, सामाजिक विकृति विसंगति लगायत विषयवस्तु समेटिएको छ । १६० पृष्ठ लामो पुस्तकमा ४३ लेख संग्रहित छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese