no comments

मुख्यमन्त्री भलिबल कपमा पर्वत र म्याग्दी क्र्वाटरफाईनलमा

पोखरा, ५ फागुन/ म्याग्दीले दोहोरो जितसँगै पोखरामा आयोजित मुख्यमन्त्री कप भलिबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

लिगकम नकाउटमा खेलाईएको भलिबल प्रतियोगितामा बुधबार पुरुष तर्फ म्याग्दीले बाग्लुङ र लमजुङलाई पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको हो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भईरहेको खेलमा म्याग्दीले पहिलो खेलमा बाग्लुङलाई २५–१७, ,२१–२५ र २५–१७ को सेटमा पराजित गरेको हो ।

दोस्रो खेलमा म्याग्दीले लमजुङमाथि सोझो सेटको जित निकाल्ने क्रममा २५–१३ र २५–१४ को नजिता निकाल्यो ।

पुरुष तर्फकै अर्को प्रतिस्पर्धामा पवर्तले तनहुँमाथि २–१ सेटले पराजित गर्यो । पहिलो सेट २४–२६ ले गुमाएको पर्वतले दोस्रो र तेस्रो सेटमा भने २५–१७ र २५–१६ ले लिदैं जित पक्का गरेको थियो ।

पर्वतले पनि दोस्रो जिन निकाल्ने क्रममा मुस्ताङमाथि सोझो सेटले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्यो । पहिलो सेट २५–९ मा लिएको पर्वतले दोस्रो सेट भने २५–१३ मा लिन सफल भयो ।

त्यसै गरी महिला तर्फ बाग्लुङले लमजुङलाई हराएको छ । अर्को खेलमा कास्कीले मुस्ताङलाई २५–११ र २५–९ ले हरायो ।

TechSansar.com - Technology Navigator website for Nepalese