no comments

कास्की प्रहरी प्रमुखमा रमेश थापा

पोखरा, ०९ असार/ कास्कीको प्रहरी प्रमुखमा एसपी रमेश थापा आउने भएका छन् ।

यसअघिका प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठ सरुवा भएर गएपछि उनको ठाउँमा थापा आउन लागेका हुन् । मंगलबार देशभरका ५२ जना प्रहरी उपरीक्षकको सरुवा भएको हो ।

एसपी रमेश थापा यसअघि प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखामा कार्यरत थिए । श्रेष्ठलाई लागूऔषध नियन्त्रण व्युरो, अपराध अनुसन्धान तथा कारबाही शाखा कार्यालय काठमाडौंमा कार्यरत थिए ।

त्यस अगाडी डिएसपी हुदाँ गोरखामा प्रहरी प्रमुखका रुपमा काम गरी सकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese